१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुधबार ९४ आरोही सगरमाथा शिखरमा

ओखलढुंगा — यसवर्षको आरोहण सिजन धमाधम चलिरहेको छ । सगरमाथा शिखरमा बुधबार ९४ आरोहीले पाइला टेके जसमध्ये ४१ विदेशी र ५३ नेपाली छन् ।

बुधबार ९४ आरोही सगरमाथा शिखरमा

उनीहरु सकुशल शिखरमा पुगेको पर्यटन मन्त्रालयका प्रतिनिधि तथा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले पुष्टि गरेका छन् । श्रेष्ठ आफै आधारशिविरमा बसेर आरोहणको अवस्थाबारे अपडेट गरिरहेका छन् ।


गत आईतबार मात्र आठजना शेर्पाले चुचुरोसम्म डोरी टाँगेपछि आरोहण धमाधम हुन थालेको हो । सोमबार करिब ४० जना शिखर चुम्न सफल भएका थिए । मंगलबार आरोहण हुन सकेन । बुधबार कुल ९४ ले शिखर चुमेसँगै १ सय ४२ ले यो सिजनमा सगरमाथा आरोहण गरिसकेका छन् । त्यसमध्ये केही आरोही तिब्बती मोहडा पनि चढेका छन् ।


नेपाल स्काउटमा आबद्ध झापाका अनिश लुईटेलले मंगलबार शिखर चुमे । उनले स्काउटको झण्डासहित सगरमाथा शिखर चुमेको बताइएको छ । दुई वर्षअघि लुईटेलले नेपालतर्फको मोहडाबाट नेपालको संविधान २०७२ लाई चुचुरोमा पुर्‍याएका थिए । त्यसैगरि कामिरिता शेर्पाले सबैभन्दा बढी पटक अर्थात २२ औं आरोहण बुधबार गरेका छन् । अन्य आरोहीहरु आरोहणका लागि धमाधम उकालो लागिरहेको सम्पर्क अधिकृत श्रेष्ठले बताए ।


यो सिजनमा सगरमाथा आरोहणका लागि ३८ समूहका ३ सय ४६ आरोही छन् । अनुमति लिएका ३८ समूह मध्ये ४ समूह नेपाली आरोहीको छ । चार समूहमा जम्मा २० नेपाली आरोही छन् । अबको करिब दुई साता भित्र आरोहण भईसक्नेछ । अंग्रेजी मे महिनाको अन्तिमसम्ममा सगरमाथा आरोहण गरिसक्ने चलन छ ।


प्रकाशित : जेष्ठ २, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?