१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तटबन्धलाई भारतको १८ करोड सहयोग

काठमाडौँ — भारतले वाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागि १८ करोड ७ लाख ४० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ ।

तटबन्धलाई भारतको १८ करोड सहयोग

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितिमा सचिव डा. सञ्जय शर्मालाई सहयोग रकमको चेक मंगलबार हस्तान्तरण गरे ।


तटबन्ध निर्माणले लालबकैया, वाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्य राखिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौं जनतालाई यसले लाभ पुर्‍याउनेछ ।


भारतले नेपाललाई सन् २००८ देखि हालसम्म नदी तालिम र तटबन्धका लागि १३ किस्तामा ४ अर्ब ६८ करोड रुपैयाँ सहयोग गरिसकेको छ । भारत नेपालसँग नदी तालिम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर सहकार्य गर्न प्रतिबद्ध रहेको दूतावासले उल्लेख गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?