कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब्बासी–क्षत्री भेट

काठमाडौँ — पाकिस्तानको औपाचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्यहाँका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग दुईपक्षीय भेटवार्ता गरेको छन । 

अब्बासी–क्षत्री भेट

उक्त भेटवार्तामा सार्क क्षेत्रको विकास र सुरक्षाको विषयमा छलफल भएको पाकिस्तानका संचारमाध्यममा जानाइएको छ । अब्बासी सार्क शिखर सम्मेलनको पहलका लागि केपी ओली प्रधानमन्त्री चुनिए लगत्तै शुभकामना ब्यक्तगर्न काठमाडौं आएका थिए ।


उनले यहाँ रहँदा दुइपक्षीय सहयोग र सहकार्य बारेमा छलफल गरेका थिए भने नेपालले सार्कको लागि लविङ गरिदिन पर्ने भन्दै आग्रह गरेको थियो । क्षत्रीले आफ्ना पाकिस्तानी समकक्षी जुविर मोहम्मद हयारसँग पनि भेट गरेका छन् । पाकिस्तानले लामो समयदेखि दुई देशिय संयुक्त अभ्यासको प्रस्ताव राख्दै आएको छ ।


नेपालसँग भारत, अमेरिका र चीनले संयुक्त अभ्यास गर्दै आएका छन् । क्षत्रीले त्यहाँका रक्षामन्त्री खुराम दस्त्गिर खानसँग पनि दुईपक्षीय भेट गर्दै सैन्य कूटनीति र आपसी समझदारीको विषयमा छलफल गरेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?