कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै

शेखर अधिकारी

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ। तीमध्ये एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० जना हुनेछन्।

Yamaha

ओली र दाहालबीच एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति भएको छ। चुनाव चिन्ह भने एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुनेछ। आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्।

एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले दाहालसँग भएको सहमतिबारे ब्रिफिङ गरेका थिए। दुवै नेताबीच भएको सहमतिलाई बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पेस गर्ने र अन्तिम रुप दिइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

पार्टी एकता संयोजन समितिको बैठकले गर्ने निर्णय दुवै पार्टीले अनुमोदन गर्नेछ। त्यसका लागि एमालेले बिहीबार नै केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

एमाले उपाध्यक्ष बामदेव गौतमले भने एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारीको स्मृतिमा बिहीबार नै पार्टी एकता घोषणा हुने दाबी गरे । एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ २, २०७५ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अब्बासी–क्षत्री भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानको औपाचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्यहाँका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग दुईपक्षीय भेटवार्ता गरेको छन । 

उक्त भेटवार्तामा सार्क क्षेत्रको विकास र सुरक्षाको विषयमा छलफल भएको पाकिस्तानका संचारमाध्यममा जानाइएको छ। अब्बासी सार्क शिखर सम्मेलनको पहलका लागि केपी ओली प्रधानमन्त्री चुनिए लगत्तै शुभकामना ब्यक्तगर्न काठमाडौं आएका थिए।

उनले यहाँ रहँदा दुइपक्षीय सहयोग र सहकार्य बारेमा छलफल गरेका थिए भने नेपालले सार्कको लागि लविङ गरिदिन पर्ने भन्दै आग्रह गरेको थियो। क्षत्रीले आफ्ना पाकिस्तानी समकक्षी जुविर मोहम्मद हयारसँग पनि भेट गरेका छन्। पाकिस्तानले लामो समयदेखि दुई देशिय संयुक्त अभ्यासको प्रस्ताव राख्दै आएको छ।

नेपालसँग भारत, अमेरिका र चीनले संयुक्त अभ्यास गर्दै आएका छन्। क्षत्रीले त्यहाँका रक्षामन्त्री खुराम दस्त्गिर खानसँग पनि दुईपक्षीय भेट गर्दै सैन्य कूटनीति र आपसी समझदारीको विषयमा छलफल गरेका थिए।

प्रकाशित : जेष्ठ २, २०७५ १९:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्