मणिग्राममा गोली चल्यो एक युवा घाइते

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा राममणी क्याम्पस नजीक एक युवामाथि गोली प्रहार भएको छ । 

अज्ञात समुहले गरेको गोली प्रहारबाट मजदुरीमा संलग्न रामकेश धवल घाइते भएका हुन् । ढाडमा गोली लागेका घाइतेको अवस्था गम्भीर रहेको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । कोटहीमाई गाउँपालिका ४ का ४१वर्षे धवलले राममणी क्याम्पस नजीकै रहेको निर्माणाधिन घरमा निर्माण मजदुरीको काम गर्दै आएका थिए ।

प्रहरी प्रमुख ज्ञवालीका अनुसार रोटी बनाउदै गरेका धवलमाथि साझ करिब ७:५० मा गोली लागेको थियो । गोली प्रहारबाट गम्भीर बनेका धवललाई उनका साथी र स्थानीयले उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगेको छ । गोली कसले किन हानेको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख ज्ञवालीले बताए । गोली हान्ने व्यक्ति तथा समूहको खोजीका लागि घटना पछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ २०:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

८ सय २७ कामदारका समस्या समाधान गर्न सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ । 

दूतावासले पीडित नेपाली कामदारसँग निवेदन लिई समाधानका लागि कतार सरकारको श्रम विभागमा पठाएको हो । दूतावास आफैंले रोजगारदातासँग समन्वय गरी नसुल्झेका विषय समाधानका लागि कतारी निकायसमक्ष पठाउने व्यवस्था छ । पीडितमा तीन महिनाभन्दा बढी तलब तथा सेवासुविधा नपाउनेहरू छन् ।

दूतावास आफैंले ५ सय ३० नेपाली कामदारको समस्या समाधान गरेको जनाएको छ । ‘कम्पनीबाट भागेर अन्यत्र काम गरिरहेका, कतारी परिचयपत्र नलगाएका तथा परिचयपत्रको म्याद सकिएको ६ महिनाभन्दा बढी भइसकेका ४ सय १६ नेपालीलाई कतार सरकारको खोज तथा अनुगमन विभागबाट नेपाल पठाइएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विभागको डिपोर्टेसन सेन्टरमा १ सय ४१ नेपाली छन् । उनीहरूलाई प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

विभिन्न मुद्दामा जेल सजाय पाएका ४७ नेपाली कामदार भने केन्द्रीय कारागारमा छन् । ‘आकस्मिक अवस्था परी नेपाल जानुपर्ने तर कम्पनीले सहजै जान स्वीकृति नदिएका एक सय ४१ कामदारलाई ‘इमर्जेन्सी एक्जिट कमिटी’ मा पठाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ २, २०७५ २०:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT