कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले–माओवादी एकता भएर आजै दल दर्ता हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ — एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा आयोाजित २५ औं मदन–आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजको पुण्य अवसर पारेर एकता हुन लागेको बताएका छन् ।

एमाले–माओवादी एकता भएर आजै दल दर्ता हुन्छ : प्रधानमन्त्री ओली

उनले सबै नेता तथा कार्यकर्ताहरुलाई दिउँसो ३ बजे प्रदर्शनीमार्गस्थित सभागृहमा हुने एमाले–माओवादी पार्टी एकता घोषणा कार्यक्रममा सहभागी हुनसमेत आह्वान गरेका छन् । उनले पार्टी एकता जनमतको बलमा दमन गर्न नभई विकास गर्नका लागि भएको बताएका थिए ।

‘वर्षौंदेखि कम्युनिस्टलाई ‘फुट्ने पार्टी’ भनेर मानिसहरुले भन्थे । अब कम्युनिस्टहरुले फुट्न बिर्सिए । अब जुट्छन्,’ उनले भने, ‘हामी दमनकारी हुन जुट्न लागेको होइन, विकासकारी हुन जुट्न लागेको हो ।’

उनले पार्टी एकतासँगै ठूलो अभिभारा आफूहरुको काँधमा आउन लागेको र त्यसलाई जिम्मेवारी पूर्वक बहन गर्न सबैजना तयार रहेको बताएका थिए ।

सोही कार्यक्रममा निकै छोटो बोलेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले नै यस पुण्य तिथि पारेर पार्टी एकता गर्नुपर्ने सुझाव दिएको बताएका थिए ।

स्मृति दिवसकै कार्यक्रममा प्रधानमन्त्रीले जानकारी गराए अनुसार आजै १० बजे सुरुमा पार्टी एकता संयोजन समितिको बैठक बस्ने छ । त्यसपछि दुवै दलका आ–आफ्नो कार्यालयमा केन्द्रिय कमिटिको बैठक बसि एकताको प्रारुपलाई औपचारिक रुपमा पारित गर्ने छन् । त्यससँगै दुवै दलको संयुक्त केन्द्रिय कमिटिको बैठक बसेपछि आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने कार्यक्रम रहेको छ । र अन्तिममा राष्ट्रिय सभागृहबाट एकताको घोषणा हुने छ ।

स्मृति दिवस कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।


तस्बिरहरु : इलिट जाेशी


प्रकाशित : जेष्ठ ३, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?