३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

एक छिमेकी गम्भीर घाइते

धनकुटा — धनकुटाको सॉगुरीगढी गाउँपालिका–५स्थित वेगानामा बिहीवार बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

स्थानीय कमलकुमार लिम्बुले उनकी ४६ वर्षीया श्रीमती गोपिमाया लिम्बुलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुगुरलाई कुडो पकाउँदै गरेकी श्रीमतीलाई घरको ऑगनमा पछाडीबाट खुकुरी प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जनाईएको छ ।


माइत जान जिद्धि गरेको भन्दै आवेशमा आएर खुकुरी प्रहार गरेको स्थानीयले बताए । खुकुरी प्रहार गर्ने लिम्बुलाई स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको घटनास्थल पुगेका प्रहरी निरीक्षक अमोद खेरवारले जानकारी दिए । स्थानीयको सहयोगमा लिम्बुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उल्लेख गर्दै कर्तव्य ज्यान सम्बन्धि मुद्दा लगाइने खेरवारले बताए ।

आमालाई खुकुरी प्रहार गरेको दृश्य देखेका उनका छोराछोरीले गुहार माग्दा घटनास्थल पुगेका छिमेकी खड्गप्रसाद लिम्बुलाई समेत आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटना लगत्तै डॉडाबजार र ओख्रे प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । यस्तै जिल्ला प्रहरी कार्यालयको थप टोलीसमेत प्रहरी निरीक्षक खेरवारको नेतृत्वमा पुगेको थियो ।


धनकुटामा विगत एक हप्ताको अवधिमा कर्तव्य ज्यानको यो समेत दुई घटना भएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाईने प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ३, २०७५ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?