कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पार्टी एकता संयोजन समितिको बैठक सकियो, एकताको खाकालाई अनुमोदन गर्न दुवै दलको छुट्टा-छुट्टै बैठक बस्दै

शेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन बैठकले बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको  सहमतिअनुसार नै एकता गर्ने निर्णय गरेको छ । 

पार्टी एकता संयोजन समितिको बैठक सकियो, एकताको खाकालाई अनुमोदन गर्न दुवै दलको छुट्टा-छुट्टै बैठक बस्दै

सहमति अनुसार दुवै दलका अध्यक्षले संयुक्त रूपमा एकीकृत पार्टीको नेतृत्व गर्नेछन् भने एकीकृत पार्टीको केन्द्रीय समिति करिब ४ सय ४१ सदस्यीय हुने छ । यस्तै त्यसमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना रहने छन् । ४३ सदस्यीय स्थायी समितिमा भने एमालेबाट २५ र माओवादीबाट १८ जना रहनेछन् ।

यस्तै संयोजन समितिका सदस्य समेत रहेका एमाले महासचिव इश्वर पोखरेलले ९ सदस्यीय सचिवालय पनि गठन गर्ने सहमति भएको जानकारी दिए । उनको अनुसार अब दुवै दलको छुट्टा-छुट्टै केन्द्रिय कमिटिको बैठक बसेर पार्टी एकता संयोजन समितिको निर्णयलाई पारित गर्नेछन् । त्यसपछि भने दुवै दलको संयुक्त बैठक बसेर निर्णय गरेसँगै नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ ।


प्रकाशित : जेष्ठ ३, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?