पार्टी एकता संयोजन समितिको बैठक सकियो, एकताको खाकालाई अनुमोदन गर्न दुवै दलको छुट्टा-छुट्टै बैठक बस्दै

शेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन बैठकले बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको  सहमतिअनुसार नै एकता गर्ने निर्णय गरेको छ । 

सहमति अनुसार दुवै दलका अध्यक्षले संयुक्त रूपमा एकीकृत पार्टीको नेतृत्व गर्नेछन् भने एकीकृत पार्टीको केन्द्रीय समिति करिब ४ सय ४१ सदस्यीय हुने छ। यस्तै त्यसमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना रहने छन्। ४३ सदस्यीय स्थायी समितिमा भने एमालेबाट २५ र माओवादीबाट १८ जना रहनेछन्।

यस्तै संयोजन समितिका सदस्य समेत रहेका एमाले महासचिव इश्वर पोखरेलले ९ सदस्यीय सचिवालय पनि गठन गर्ने सहमति भएको जानकारी दिए। उनको अनुसार अब दुवै दलको छुट्टा-छुट्टै केन्द्रिय कमिटिको बैठक बसेर पार्टी एकता संयोजन समितिको निर्णयलाई पारित गर्नेछन्। त्यसपछि भने दुवै दलको संयुक्त बैठक बसेर निर्णय गरेसँगै नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ।

Yamaha


प्रकाशित : जेष्ठ ३, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एमालेले डाक्यो आकस्मिक स्थायी कमिटी बैठक

शेखर अधिकारी

काठमाडौँ — नेकपा एमालेले बुधबार ४ बजेका लागि आकस्मिक रुपमा स्थायी कमिटीको बैठक डाकेको छ ।एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बैठकमा माओवादीसँग गर्न लागेको पार्टी एकताको मिति यथाशक्य छिटो तय गर्नका लागि छलफल हुने छ ।

सरकार सञ्चालनमा असन्तुष्टि जनाएका माओवादीहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले देखाएको व्यवहारबाट थप रुष्ठ भएका थिए । पछिल्लो केही दिन यता चिसिएको सम्बन्धलाई सामान्य बनाउन प्रधानमन्त्री ओली आफैंले सकृयता देखाएका छन् । प्रधानमन्त्रीको सकृयतासँगै चिसिएको सम्बन्धमा सुधार आउनुका साथै एकता प्रकृयालाई पनि गति दिनुपर्नेमा दुवै दलका नेताहरु सहमत देखिएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७५ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT