१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ६ घाइते

हरिहरसिंह राठौर

धादिङ — बिहीबार बिहान कालुपाण्डे मार्गको नीलकण्ठ-८ च्याडु मोडमा भएको ट्रक दुर्घटनामा सवारी धनी २६ वर्षीय सदरमुकाम पुछारबजार निवासी गोकुल उपाध्यायको मृत्यु भएको छ । 

धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ६ घाइते

उक्त दुर्घटनामा चालक राजकुमार श्रेष्ठ सहित अन्य ५ जना घाइते भएका छन् । मलेखुबाट क्षमता भन्दा बढी गिट्टी बोकेर सदरमुकाम आउँदै गरेको ना ३ ख ८१४३ नम्बर ट्रक उकालो चढ्न नसकेर ब्रेक लगाउन नसकी सडकबाट खोलामा खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको नायव उपरीक्षक रामबहादुर केसीले बताए । चालक श्रेष्ठ सहित घाईते ५ जनालाई उपचारार्थ काठमाडौं पठाइएको छ ।


थाक्रे-६ अठकिलोमा बुधबार साँझपख भएको मोटरसाइकल दुर्घटनामा ललितपुर कुपण्डोल निवासी २३ वर्षीय अक्षय तण्डुकारको घटनास्थलमै मृत्यु भएको खानीखोला प्रहरीले जनाएको छ ।


काठमाडौंबाट मुग्लिन तर्फ आउँदै गरेको बा६९प ७९३१ मोटरसाइकल र गोरखाबाट काठमाडौं जाँदै गरेको ग१ख ६९२७ नम्बरको बस आपसमा जुधेका थिए । उक्त दुर्घनामा मोटरसाईकलकोप पछाडि बसेका ललितपुर कुपण्डोलकै २३ वर्षीय नितेश तण्डुकार घाइते भएका छन् । बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?