कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पार्टी एकीकरणको जानकारी आयोगलाई

राजेश मिश्र

काठमाडौँ — दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराइएको छ । दुई दलका शीर्ष नेताहरु अपरान्ह ५ बजे आयोग पुगेका थिए । 

पार्टी एकीकरणको जानकारी आयोगलाई

एमाले अध्यक्ष प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै जना आयोगमा पुगेर आयोगका प्रमुख आयुक्त सहितका पदाधिकारी समक्ष एकीकरण भएको जानकारी गराएका हुन् । दुई पार्टी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम राख्न खोजेका छन् । तर, आयोगमा उक्त नामको पार्टी पहिल्यै दर्ता रहेकाले आयोगका पदाधिकारीले नाम फेर्न पर्ने सुझाएको छ ।


ऋषिराम कट्टेलको नाममा यसअघि नै नेपाल कम्युनिष्ट पार्टी दर्ता छ । आयोगका कानुन अधिकृत अरुणकुमार झाले पार्टी एकीकरण भएको लिखित जानकारी मात्र प्राप्त भएको तर अन्य डुकुमेन्टहरु उपलब्ध हुन बाँकी रहेको जानकारी दिए । ‘उहाँहरुबाट उपलब्ध हुने डुकुमेन्टहरुको अध्ययनपछि आयोगबाट पार्टी एकीकरण सम्बन्धमा निर्णय हुनेछ,’ उनले भने ।


कानून अनुसार आयोगले कागजातहरुको अध्ययन र नपुग कागजातहरु मगाएर ४५ दिनभित्र एकीकरण सम्बन्धमा निर्णय दिनुपर्नेछ ।


आयोगसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफूहरुले चाहेको नाम पहिल्यै दर्ता रहेकाले त्यसैप्रैति ‘रिजिड’ नहुने विकल्पमा छलफल गर्ने संकेत गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी एकीकृत वा एकीकृत नेपाल कम्युनिष्ट पार्टी जस्ता वैकल्पिक नाममा छलफल हुनसक्ने पार्टी नेताहरुले बताएका छन् ।


आयोगमा माधव नेपाल, सुवास नेम्बाङ ईश्वर पोखरेल, रामबहदुर थापा, ओनसरी घर्ती, देवेन्द्र पौडेल, गोकर्ण विष्ट, पम्फा भूसाल, प्रदीप ज्ञवाली लगायताका दर्जनौं नेताहरु पुगेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७५ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?