लापरबाही गर्ने ठेकेदारको विवरण संकलन गरिदैं

काठमाडौँ — गृह मन्त्रालयले भवन, सडक र पुल निर्माणको ठेक्का पाएर लापरबाही गर्ने ठेकेदार र कम्पनीको विवरण एक साताभित्र पठाउन बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

लापरबाही गर्ने ठेकेदारको विवरण संकलन गरिदैं

गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि मन्त्रालयले सबै जिल्ला प्रशासनलाई पत्राचार गरेको हो ।


पत्रमा जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना तथा परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्यसम्पन्न नगर्ने फर्म तथा ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतको विवरण एक साताभित्र तयार पारी मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?