कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ईपीजी प्रतिवेदन अन्तिम चरणमा

काठमाडौँ —  प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नेपाली पक्षले साझा प्रतिवेदनका लागि पहल गरिरहेको छ । आगामी जुन १ र २ मा बस्ने नवौं बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिने गरी काम भइरहेको जानकारी समूहका एक सदस्यले दिएका छन् ।

ईपीजी प्रतिवेदन अन्तिम चरणमा

नेपाली पक्षले आफ्नातर्फबाट काम पूरा गर्न लागेको भए पनि अन्तिम प्रतिवेदनको विषय भने भारतीय पक्षको प्रस्तुतिमा भर पर्ने ती सदस्यले बताए । ती सदस्यका अनुसार नवौं बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिने गरी काम अघि बढिरहेको छ ।


‘हामी अन्तिम चरणमा छौं, छलफल र तयारी चलिरहेको छ,’ बुधबार ईपीजी कार्यालयमा प्रतिवेदन तयारीमा व्यस्त ती सदस्यले भने, ‘साझा प्रतिवेदनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छौं । भारतीय पक्षले पनि तयारी गरिरहेको होला । आगामी बैठकमा यसलाई अन्तिम रूप दिनेछौं ।’


ईपीजी बैठकमा भारतीय सदस्यले सीमा नियमनको विषय राखेका छन् तर कार्यकारी तहमा भने खुला सीमालाई नै दुईपक्षीय सम्बन्धको सबल पक्ष मानिएको छ । भारतको दोहोरो धारणाले गर्दा नेपाली सदस्य अलमल परेका छन् ।


ईपीजीका नेपाल पक्षका सदस्यले संयुक्त प्रतिवेदनमा भारत सकारात्मक रहेको बताए । नेपाल र भारत सम्बन्धका सबैजसो विषय ईपीजीमा नै छलफल भइरहेकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा यस विषयमा पर्याप्त छलफल नभएको ती सदस्यले दाबी गरे ।

प्रकाशित : जेष्ठ ३, २०७५ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?