२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४
समाचार

News

राष्ट्रियसभा : काम नगर्ने ठेकेदारलाई कारबाहीको माग

राष्ट्रियसभाका सांसदहरूले पूर्वाधार निर्माणका आयोजनामा निर्माण व्यवसायी र कर्मचारी तहबाट भइरहेको लापर्बाहीप्रति सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् । सत्तारुढ दलका सांसदहरूले गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यायलयहरूसँग लापरवाही गर्ने ठेकेदारको नाम मागेको विषयलाई समर्थन गरेका छन् । 

राष्ट्रियसभा : काम नगर्ने ठेकेदारलाई कारबाहीको माग

आयुर्वेद चिकित्सक यादवविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा. रामदेव यादवविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयुर्वेद चिकित्सक यादवविरुद्ध मुद्दा दायर

सुन तस्करलाई सघाएको अभियोगमा थप तीन पक्राउ

संगठित सुन तस्करीको अनुसन्धान गरिरहेको विशेष समितिले हुन्डी कारोबारमार्फत संगठित सुन तस्करीलाई सघाएको अभियोगमा थप तीन जनालाई पक्राउ गरेको छ । समितिको निर्देशनमा प्रहरीले नुवाकोट घर भएका मदन सिलवाल, काठमाडौं कागेश्वरीका मदन कटुवाल र काभ्रे कुशादेवीका सुदन सापकोटालाई पक्राउ गरेको हो ।

सुन तस्करलाई सघाएको अभियोगमा थप तीन पक्राउ

एकता सफल हुने ओलीको दाबी

प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले एकता सफल हुने दाबी गरेका छन् । तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार अवलोकनपछि सम्बोधन गर्दै ओलीले अब कम्युनिष्ट आन्दोलन टुटफुटतिर नजाने र एकतालाई सफल बनाइने बताए ।

एकता सफल हुने ओलीको दाबी

काठमाडौंका उम्मेदवारहरुको चुनावी खर्च : तोकेभन्दा १ सय ३६ प्रतिशत बढी

प्रतिनिधिसभा निर्वाचनका क्रममा काठमाडौं जिल्लाका उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेभन्दा एक सय ३६ प्रतिशतसम्म बढी रकम खर्च गरेको पाइएको छ । 

काठमाडौंका उम्मेदवारहरुको चुनावी खर्च : तोकेभन्दा १ सय ३६ प्रतिशत बढी

छ वर्षपछि कञ्चनजंघा हिमाल आरोहण

बिश्वको तेश्रो अग्लो हिमशिखर कञ्चनजंघा (८,५८६ मिटर) को यो वर्ष सफल आरोहण भएको छ । बुधवार वेलुका पाँचजनाको टोलीले आरोहण गरेका हुन् । यो छ वर्षपछि भएको सफल आरोहण हो ।

छ वर्षपछि कञ्चनजंघा हिमाल आरोहण

गणतन्त्र दिवस तीन दिन मनाइने

यस वर्ष गणतन्त्र दिवस तीन दिन मनाउने भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो । 

गणतन्त्र दिवस तीन दिन मनाइने

प्रि-बजेट छलफल : एक तिहाइ सांसदमात्रै सहभागी

प्रदेशसभामा शुक्रबार जारी आर्थिक वर्ष २०७५/७६ को पूर्वबजेट छलफलमा एकतिहाइ मात्रै सांसद उपस्थित भएका छन् । आफ्नो बोल्ने पालो सकिएलगत्तै प्रदेशसभा सदस्यहरु घर फर्किएकाले बैठक कक्षका कुर्सी खाली छन् । 

प्रि-बजेट छलफल : एक तिहाइ सांसदमात्रै सहभागी

सिन्डिकेट हटाउन भूमिका खेल्ने विभागका महानिर्देशक भट्टराई मन्त्रालय तानिए

यातायात मन्त्रालयले विभागका महानिर्देशक रूपनारायण भट्टराई मन्त्रालय तानिएका छन् । उनलाई वैशाख ३१ गतेको यातायात मन्त्री रघुवीर महासेठको नेतृत्वमा बसेको बैठकले मन्त्रालयमा तान्ने निर्णय गरेको हो । भट्टराईले मन्त्रालयको काममा असहयोग गरेको आरोप लागेको थियो । भट्टराई विभागमा २०७४ चैत २२ मा हाजिर भएका थिए ।

सिन्डिकेट हटाउन भूमिका खेल्ने विभागका महानिर्देशक भट्टराई मन्त्रालय तानिए

टुँडिखेलमा हुने गणतन्त्र दिवसको शैली फेर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा गरिने कार्यक्रमको शैलीलाई परिवर्तन गर्न निर्देशन दिएका छन् । 

टुँडिखेलमा हुने गणतन्त्र दिवसको शैली फेर्न प्रधानमन्त्रीको निर्देशन

एकताको नाममा माओवादी केन्द्रको विलय : वैद्य

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले बाम एकता माओवादी केन्द्रको विलय भएको टिप्पणी गरेका छन् । उनले ' जनयुद्ध' र संसद्‍वादविरुद्ध अघि बढेको र संघर्षबाट उदाएको नेपाली कम्युनिष्ट आन्दोलनको एउटा शक्ति विभाजित भएर एमालेमा विलय भएको बताए ।

एकताको नाममा माओवादी केन्द्रको विलय : वैद्य

दैनिक कामकाजलाई बाधा नहोस भनेर बिदा कटौतीः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्‍याउनु पर्ने बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले  शुक्रबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

दैनिक कामकाजलाई बाधा नहोस भनेर बिदा कटौतीः प्रधानमन्त्री

प्रतिनिधिसभा बैठकः सासंदले गराए राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभा बैठकः सासंदले गराए राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

संसदमा नयाँ वरीयता, सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा

संसदमा सत्तापक्ष नवगठित नेपाल कम्युनिस्ट पार्टीको वरीयताक्रमअनुसार बसेको छ ।नेकपाको वरीयताक्रमअनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा बसेका छन् ।

संसदमा नयाँ वरीयता, सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा

सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

सुन तस्करी र हत्या प्रकरण : प्रतिवादी वकिलहरुको बहस जारी

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जिल्ला अदालत मोरङमा शुक्रबार पनि जारी छ । बिहीबारसम्म ४२ जनाले बहस गरिसकेका छन् ।

सुन तस्करी र हत्या प्रकरण : प्रतिवादी वकिलहरुको बहस जारी

इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी

फरक धारको राजनीतिबाट उदाएका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएको छ । अब दुई दल ‘नेपाल कम्युनिस्ट पार्टी’को एउटै ब्यानरमा जोडिएर शक्तिशाली दल बनेका छन् ।

इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी

‘स्थिरता र समृद्धिका लागि एकता’

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि पार्टी एकता गरेको बताएका छन् । एकता घोषणालाई बिहीबार सम्बोधन गर्दै दुवै अध्यक्षले एकता तानाशाही दमनका लागि नभएको प्रस्ट पारे ।

‘स्थिरता र समृद्धिका लागि एकता’

कांग्रेस नेतृत्वलाई आग्रह : सत्ताकेन्द्रित राजनीति छाड्नुहोस्

कांग्रेस नेतृत्वले जनतालाई भन्दा सत्ता र पैसालाई केन्द्रीय भूमिकामा राखेका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको विश्लेषण राजनीतिक विश्लेषकहरूले गरेका छन् । उनीहरूले पार्टीले पराजय भोगिसकेपछि नेतृत्वले युवा पुस्तालाई बाटो छाडिदिँदा नै कांग्रेसको भलो हुने बताए ।

कांग्रेस नेतृत्वलाई आग्रह : सत्ताकेन्द्रित राजनीति छाड्नुहोस्

‘विद्रोही’ ले बनाइदिए प्रहरी भवन

बाँफिकोट गाउँपालिका २, पीपलका ५८ वर्षीय धनबहादुर खत्री २०५३ जेठ १० देखि २०५४ असोज २ गतेसम्म कारागार बसे । ज्यान मार्ने उद्योग मुद्दा लागेपछि गाउँका अन्यसहित उनलाई पनि प्रहरीले पक्रेको थियो ।

‘विद्रोही’ ले बनाइदिए प्रहरी भवन

यसरी विश्वस्त भए दाहाल

गत साता माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल भन्दै थिए, ‘पार्टी एकता हुने र नहुने ५०/५० प्रतिशत छ ।’ उनलाई आशंका थियो, एमालेमा माओवादी विलय गराउने प्रपञ्च हुन्छ कि ? एकता भइसकेपछि बहुमतको छडी लाग्छ कि ? जनयुद्धको इतिहासमा कालो बादल मडारिन्छ कि ? एकतामा विभिन्न शक्तिको चलखेल हुन्छ कि ?

यसरी विश्वस्त भए दाहाल