कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदमा नयाँ वरीयता, सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा

काठमाडौँ — संसदमा सत्तापक्ष नवगठित नेपाल कम्युनिस्ट पार्टीको वरीयताक्रमअनुसार बसेको छ ।

नेकपाको वरीयताक्रमअनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा बसेका छन् ।

संसदमा नयाँ वरीयता, सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा

उनीपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो ।


नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहने भएकाले सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा बसेका हुन् । नेकपाका नेता देव गुरुङले सत्तापक्षले आफ्नो सिटमा पार्टी वरीयताअनुसार नै बसेको बताए ।


यसअघि माओवादी केन्द्रका सांसद बस्ने सिटमा भने पहिलो नम्बरमा देव गुरुङ थिए भने त्यसपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बसे ।


प्रकाशित : जेष्ठ ४, २०७५ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?