कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैनिक कामकाजलाई बाधा नहोस भनेर बिदा कटौतीः प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्‍याउनु पर्ने बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले  शुक्रबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

दैनिक कामकाजलाई बाधा नहोस भनेर बिदा कटौतीः प्रधानमन्त्री

गणतन्त्रलाई सरकारी दिवस जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 'गणतन्त्र सरकारी दिवस होइन जन दिवस हो,' प्रधानमन्त्री ओलीले भने, 'यो दिवस गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्नुपर्दछ ।'


लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए ।


प्रधानमन्त्री ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो वर्ष गणतन्त्र दिवसको सार्वजनिक विदा कटौती गरिएको बताए । 'विदा बसेर मात्र गणतन्त्र मनाइने होइन,' प्रधानमन्त्री ओलीले भने, 'कार्यालय समय बाहिरको समयमा दिवस मनाऊँ । कार्यालय समयमा काम गरौं ।'


टुँडिखेलमा जेठ १५ गते मनाइने गणतन्त्र दिवसको शैली पनि परिमाजर्न गर्नु पर्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।

प्रकाशित : जेष्ठ ४, २०७५ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?