कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एकताको नाममा माओवादी केन्द्रको विलय : वैद्य

कुम्भराज राई

ओखलढुंगा — क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले बाम एकता माओवादी केन्द्रको विलय भएको टिप्पणी गरेका छन् । उनले ' जनयुद्ध' र संसद्‍वादविरुद्ध अघि बढेको र संघर्षबाट उदाएको नेपाली कम्युनिष्ट आन्दोलनको एउटा शक्ति विभाजित भएर एमालेमा विलय भएको बताए ।

एकताको नाममा माओवादी केन्द्रको विलय : वैद्य

शुक्रबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता किरणले यस्तो अभिव्यक्ति दिएका हुन् । उनी शनिबारदेखि ओखलढुंगाको मोलुङ गाउँपालिकामा सुरु हुने प्रदेशस्तरीय युवा प्रशिक्षण कार्यक्रमका लागि यहाँ आइपुगेका हुन् ।‘अब नेपालको कम्युनिष्ट आन्दोलन एउटा अवसरवादी धार र अर्को क्रान्तिकारी धारको रुपमा अगाडि बढ्छ ।’ उनले भने, ‘समग्र क्रान्तिकारी, देशभक्त, सच्चा कम्युनिष्टलाई गोलबन्द गर्दै नयाँ जनवादी क्रान्तिका लागि हाम्रो शक्ति अघि बढ्नेछ भने अवसरवादी अर्थात्‌ दक्षिणपन्थी धार सुशासन, समृद्धिको नाराका साथ सत्ताको पछि लागिरहनेछ ।’


उनले कम्युनिष्टहरुको धार फेरि एकपटक प्रस्ट भएकोले हाल क्रान्तिकारी धारमै रहेका पार्टीहरुबीच कार्यगत एकता र पार्टी एकताको प्रयास भइरहेको बताए । मोहनविक्रम सिंहको नेकपा मसाल र नेत्रविक्रम विक्रम चन्द नेतृत्वको पार्टीसँग एकताको लागि छलफल भइरहेको बताए ।


विगतको झापा आन्दोलनदेखि दस वर्षे जनयुद्ध परिस्थितिले जन्माएको परिघटना भए पनि ती सबै इतिहासलाई भुलेर अवसरवादीहरु सत्तामा गएको उनले बताए । आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता एकातिर जेलमा भइरहँदा अर्कोतिर तिनै पार्टीको नेता सरकारमा रहनु विचित्र भएको बताए । उनले बालकृष्ण ढुंगेललाई उदाहरण दिँदै अवसरवाद प्रस्ट भएको आरोप लगाए ।


माओवादीमा रहँदा बाबुराम, प्रचण्ड र आफूले राष्ट्रघाती सम्झौताको रुपमा लिएको अप्पर कर्णाली भारतसँग सम्झौता गर्नु लज्जास्पद भएको बताए । ओलीको राष्ट्रवाद एउटै भेषमा जनकपुरमा ओर्लेको देख्दै छर्लंग भएको भन्दै व्यंग्य गरे । पार्टीको नामाकरण गर्दा कम्तीमा अर्को पनि नेपाल कम्युनिष्ट पार्टी छ भन्ने सम्म भुलेको बताए ।


प्रकाशित : जेष्ठ ४, २०७५ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?