१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

टुँडिखेलमा हुने गणतन्त्र दिवसको शैली फेर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा गरिने कार्यक्रमको शैलीलाई परिवर्तन गर्न निर्देशन दिएका छन् । 

टुँडिखेलमा हुने गणतन्त्र दिवसको शैली फेर्न प्रधानमन्त्रीको निर्देशन

गणतन्त्र दिवस मुल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार गृह मन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै गणतन्त्रबारे विभिन्न क्षेत्रका व्यक्तित्वहरुसंग व्यापक परिसंवाद कार्यक्रम गर्नु पर्ने उल्लेख गरे ।


साथै उनले दिवसलाई जनताको उत्सवको रुपमा मनाउनु पर्ने पनि बताए । गणतन्त्र दिवसलाई सरकारी दिवस जस्तो बनाउन नहुने उनको भनाई थियो ।


'गणतन्त्र सरकारी दिवस होइन, जन दिवस हो' प्रधानमन्त्री ओलीले भने, 'यो दिवश गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्नु पर्दछ ।'


उनले लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए ।


साथै उनले दैनिक कामकाजलाई बाधा नपरोस् भनेर गणतन्त्र दिवसको सार्वजनिक विदा कटौती गरिएको उल्लेख गरे । 'विदा बसेर मात्र गणतन्त्र दिवस मनाउने होइन, कार्यालय समय बाहिरको समयमा दिवस मनाउने हो' उनले भने, 'कार्यालय समयमा काम गरौं ।'

प्रकाशित : जेष्ठ ४, २०७५ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?