कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रि-बजेट छलफल : एक तिहाइ सांसदमात्रै सहभागी

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेशसभामा शुक्रबार जारी आर्थिक वर्ष २०७५/७६ को पूर्वबजेट छलफलमा एकतिहाइ मात्रै सांसद उपस्थित भएका छन् । आफ्नो बोल्ने पालो सकिएलगत्तै प्रदेशसभा सदस्यहरु घर फर्किएकाले बैठक कक्षका कुर्सी खाली छन् । 

प्रि-बजेट छलफल : एक तिहाइ सांसदमात्रै सहभागी

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले पेस गरेको ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल चलिरहँदा सत्तापक्षका २२ र प्रतिपक्षका १४ सांसद सहभागी थिए ।


संविधानको धारा १८५ मा प्रदेशसभा बैठकमा सम्पूर्ण सदस्यको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन भन्ने उल्लेख छ । गणपुरक संख्या नपुगेका खण्डमा प्रस्ताव पारित हुन नसक्ने कारण सत्तारुढ दलका मुख्य सचेतकहरु चिन्तामा देखिएका छन् ।


शुक्रबारको विषयगत समितिको बैठक र प्रदेशसभा बैठक सुरु भएलगत्तै सदस्यहरु उपस्थित भए पनि छलफल सुरु भएलगत्तै बाहिरिएका थिए । लामो समय बैठक नबस्ने भएका कारण सांसदहरु हतारले घर फर्किएका हुन् । स्थायी राजधानीको बारेमा निर्णय नभएको कारण प्रदेशसभा सदस्यले हेटौंडामा डेरा लिएका छैनन् । बैठकमा सहभागी हुन आउने उनीहरु सकिएलगत्तै फर्किने गरेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७५ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?