कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

काठमाडौंका उम्मेदवारहरुको चुनावी खर्च : तोकेभन्दा १ सय ३६ प्रतिशत बढी

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका क्रममा काठमाडौं जिल्लाका उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेभन्दा एक सय ३६ प्रतिशतसम्म बढी रकम खर्च गरेको पाइएको छ । 

काठमाडौंका उम्मेदवारहरुको चुनावी खर्च : तोकेभन्दा १ सय ३६ प्रतिशत बढी

सामूहिक अभियान नामक संस्थाले काठमाडौंका तीस उम्मेदवारहरुको चुनावी खर्चको अध्ययनपछि यस्तो निष्कर्ष निकालेको हो । अभियानले गरेको कार्यक्रममा निर्वाचन आयुक्त सुधीर कुमार शाहले शुक्रबार चुनावी खर्चसम्बन्धी रिपोर्ट सार्वजनिक गरेका थिए । रिपोर्टले ५७ प्रतिशत उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको २५ लाख रुपैयाँको खर्च सीमा नाघेर त्यसभन्दा कैयौं प्रतिशत रकम खर्च गरेको निष्कर्ष निकालेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएदेखि मौनअवधिसम्मको निर्वाचान प्रचार प्रसारको अनुगमन सामूहिक अभियानले गरेको थियो । काठमाडौंका दस निर्वाचन क्षेत्रका तीस उम्मेदवारको चुनावी खर्चको अनुगमन गरी रिर्पोट सार्वजनिक गरेको हो ।


रिपोर्टमा काठमाडौंका तीस उम्मेदवारमध्ये तीन जनाले ५० लाख रुपैयाँभन्दा धेरै खर्च गरेका थिए । अध्ययनले एक उम्मेदवारले ५८ लाख ९७ हजारसम्म चुनावी खर्च गरेको देखाएको छ । अनुसन्धान टोलीका सदस्य कपिल न्यौपाने अपारदर्शी खर्चको विवरण समेत जोड्दा चुनावी खर्च यो भन्दा धेरै भएको बताए ।


निर्वाचन आयुक्त शाहले यस्तो अनुसन्धन निर्वाचन प्रणाली सुधारका लागि कोशेढुंगो सावित हुने बताए । उनले भने, ‘पैसाको धेरै चलखेल शून्य समयमा हुन्छ भन्ने जानकारी पाएपनिप्रमाण सहितका केशहरु भने जम्मातीनवटामात्रै भेटेर कारबाही गरेका छौं ।’


प्रकाशित : जेष्ठ ४, २०७५ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?