आयुर्वेद चिकित्सक यादवविरुद्ध मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा. रामदेव यादवविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयुर्वेद चिकित्सक यादवविरुद्ध मुद्दा दायर

अख्तियारका अनुसार डा. यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउन ३७ हजार रुपैयाँ घूस लिएको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा अख्तियारले बिगो असुल गरी चार महिना कैद सजाय गर्नसमेत माग गरेको छ ।


प्रकाशित : जेष्ठ ४, २०७५ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?