१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दश वर्षमा नेपाल स्वर्ग हुनेछ : प्रधानमन्त्री 

घनश्याम खड्का

काठमाडौँ — कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उद्घाटनका क्रममा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब विकास र समृद्धिको दौडमा निक्लिएको बताएका छन् ।

दश वर्षमा नेपाल स्वर्ग हुनेछ : प्रधानमन्त्री 

केही बेर धावकहरुसँगै दौडिएर प्रतिस्पर्धामा उत्रिएका २५ सय युवालाई हौस्याएका प्रधानमन्त्रीले कान्तिपुरको सभाहलमा व्यवस्थापन र सम्पादक मण्डलसँग आफ्नो विकासको खाका पनि सुनाए ।

उनले भने, ‘कोही विदेशी अबको दश वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले भन्नेछ – नेपाल मानिस र प्रकृतिले संयुक्त रुपमा सृजना गरेको एक स्वर्ग रहेछ । ‘नेपालमा जनतालाई खानलाउनको कुनै दु:ख छैन । नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ । नेपालीहरु स्वस्थ छन् । आरोग्यता नेपालीको पहिलो प्राथमिकतामा छ । उपचारको राम्रो विमा भएकाले रोगलाग्दा कसैलाई दु:ख छैन ।’

प्रधानमन्त्री ओलीले कान्तिपुरले पनि यस्तै नेपालको परिकल्पना गरोस् भन्ने चाहेको बताए ।

दश वर्षभित्रै समृद्ध मुलुक बन्ने दाबी गर्दै उनले भने, ‘दश वर्षमा नभए कहिले हुने ? शहरमा बाटो बनिसकेपछि गाउँमा खेत खन्न जाने होइन । शहरमा बाटो बन्दै गर्दा गाउँमा खेत पनि खन्दै गर्ने हो, हिमालमा चौंरी पाल्ने हो । सबै कुरा एकै पटक गर्नै हो । लेट्स स्टार्ट !’

प्रकाशित : जेष्ठ ५, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?