२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
समाचार

News

१२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने सरकारको निर्णय

सरकारले करिव १२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश मन्त्रालयको संगठन संरचनासम्बन्धि प्रस्ताव स्वीकृत गरेको छ ।

१२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने सरकारको निर्णय

२ नम्बर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत

सरकारले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत गरेको छ ।

२ नम्बर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत

नीति तथा कार्यक्रम सोमबार

सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार संघीय संसद्‌मा पेस गर्दै छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । 

नीति तथा कार्यक्रम सोमबार

सीट संख्याभन्दा बढी यात्रु राख्ने १८९ सवारी साधन कारबाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ । 

सीट संख्याभन्दा बढी यात्रु राख्ने १८९ सवारी साधन कारबाहीमा

नक्सलवादी समूहद्वारा विस्फोटन गराउँदा भारतीय छ प्रहरीको मृत्यु 

भारतको छत्तीसगढमा प्रहरीलाई लक्षित गरी आइतबार गराइएको शक्तिशाली बम विस्फोटमा कम्तीमा ५ प्रहरीको मृत्यु भएको छ । 

नक्सलवादी समूहद्वारा विस्फोटन गराउँदा भारतीय छ प्रहरीको मृत्यु 

मलेसियाले खडा गरेको अवैध कम्पनीहरुमा छापा, ४४ जना पक्राउ

नेपाल सरकारको बिनाअनुमति मलेसिया जाने कामदारको ‘भिसा प्रोसेसिङ’ गर्ने कम्पनी र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थासँग सम्बन्धित ४८ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ  । अपराध अनुसन्धान विभागका प्रमुख डिआजी धिरु बस्नेतको नेतृत्वमा परिचालित प्रहरीले ३९ वटा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन, जीएसजी कम्पनीमा छापा मारेको हो ।

मलेसियाले खडा गरेको अवैध कम्पनीहरुमा छापा, ४४ जना पक्राउ

त्रिवि अल्मुनाई गठन

त्रिभुवन विश्वविद्यालयले पूर्वविद्यार्थीलाई संगठित गरी विश्वविद्यालयको उन्नयनमा जुटाउन प्राध्यापक डा. सुनीति हाडा श्रेष्ठको संयोजकत्वमा त्रिवि अल्मुनाई एसोसिएसन गठन गरेको छ ।

त्रिवि अल्मुनाई गठन

नेकपाको नाममा दल दर्ता गरेकामा आपत्ति

कम्युनिस्ट नेता ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले एमाले र माओवादी एकीकृत भई बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ लाई कानुनविपरीत निर्वाचन आयोगले दर्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

नेकपाको नाममा दल दर्ता गरेकामा आपत्ति

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश नियुक्तका लागि संवैधानिक परिषद्बाट तत्काल सिफारिश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

वरीयता घटाएकोमा खनालको आपत्ति

तत्कालीन एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो अनुपस्थितिमा पार्टीभित्रको वरीयता तलमाथि पारिएको भन्दै आपत्ति जनाएका छन् ।

वरीयता घटाएकोमा खनालको आपत्ति

तत्कालीन एमालेबाट ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो

तत्कालीन एमालेले एकीकरणपछि घोषणा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो लगाएको छ ।

तत्कालीन एमालेबाट ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो

राष्ट्रपतिले पदीय मर्यादाको अवमूल्यन गरेको थापाको आरोप

कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्या भण्डारीले पदीय गरिमा र मर्यादाको अवमूल्यन गरेको आरोप लगाएका छन् । नेपाल तरुण दलले आइतबार बिहान आयोजना गरेको तरुण प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रको एकता गराउन बैठक बोलाएर राष्ट्रपतिले पदको दुरुपयोग गरेको टिप्पणी गरेका हुन् ।

राष्ट्रपतिले पदीय मर्यादाको अवमूल्यन गरेको थापाको आरोप

२२ औं पटक सगरमाथा चढेका कामिरिता भन्छन्, 'स्वास्थ्यले साथ दिए फेरि चढ्छु'

किर्तिमानी आरोही कामिरिता शेर्पाले स्वास्थ्यले साथ दिए फेरि सगरमाथ आरोहण गर्ने बताएका छन् ।

२२ औं पटक सगरमाथा चढेका कामिरिता भन्छन्, 'स्वास्थ्यले साथ दिए फेरि चढ्छु'

सुन तस्करी र हत्या मुद्दा : प्रतिवादीका ५३ वकिलको बहस सकियो

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादी कानुन व्यवसायीहरुको बहस सोमबार सकिने भएको छ । आइतबारसम्म ५३ जनाले न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष प्रतिवादीका तर्फबाट बहस गरेका छन् ।

सुन तस्करी र हत्या मुद्दा : प्रतिवादीका ५३ वकिलको बहस सकियो

कांग्रेस नेता हत्याकाण्डका दोषी ६ जनालाई जन्मकैद

कांग्रेस नेता रामजी पौडेलको हत्यामा संलग्न ६ जनालाई दोषी ठहर गर्दै कास्की जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।

कांग्रेस नेता हत्याकाण्डका दोषी ६ जनालाई जन्मकैद

मलेसिया प्रकरण : अवैध शुल्क उठाएको भन्दै ओएससी र भिएलएनका सञ्चालक पक्राउ

प्रहरीले वान स्टेप सेन्टर (ओएससी) र भिएलएनका सञ्चालक राम श्रेष्ठलाई गैरीधाराबाट पक्राउ गरेको छ । श्रम मन्त्रालयले ओएससी, भिएलएनलगायतको काम अवैध भएको निर्णय गरी गृहलाई कारबाहीको लागि सिफारिस गर्नासाथ प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

मलेसिया प्रकरण : अवैध शुल्क उठाएको भन्दै ओएससी र भिएलएनका सञ्चालक पक्राउ

आँधीखोलामा जलचर मृत्यु प्रकरण: छानबिन समितिले अझै प्रतिवेदन बुझाएन 

आँधीखोला नदीमा बगाइएको कुखुराको सुलीबाट भएको क्षतिको विवरण अझै आउन सकेको छैन । जिल्लाकै एक मात्र ठूलो एग्रो फर्मको रुपमा रहेको कालीका एग्रोफर्मले गत वैशाख २१ गते राती आँधीखोला नदीमा कुखुराको सुली बगाउँदा ठूलो संख्यामा रहेका माछा लगायतका जलचरहरु मरेका थिए ।

आँधीखोलामा जलचर मृत्यु प्रकरण: छानबिन समितिले अझै प्रतिवेदन बुझाएन 

नेपाली भाषा बुझ्ने हात्ती !

हात्तीसारका माहुत विनोद चौधरीले त्रित... सिटी बजाए । लक्ष्मण थुचुक्क बस्यो । अर्को सिटीमा सुत्यो, अर्को सिटीमा कोल्टे पर्‍यो । चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो । यसरी बस्दा हौदा कस्न सजिलो हुन्छ । 

नेपाली भाषा बुझ्ने हात्ती !

मैलुङ–स्याफ्रुबेंसीको ट्र्याक खुल्यो, यातायात मन्त्रालयलाई सडक हस्तान्तरण

हाल संचालनमा रहेको चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसम्म पुग्ने मैलुङ–स्याफ्रुबेंसी सडकको ट्र्याक खोलेर नेपाली सेनाले यातायात मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

मैलुङ–स्याफ्रुबेंसीको ट्र्याक खुल्यो, यातायात मन्त्रालयलाई सडक हस्तान्तरण

कञ्चनजंघा आरोहण गर्न ११ जना सफल, १२ प्रयासरत

आइतबार बिहान ताप्लेजुङमा रहेको विश्वको तेश्रो अग्लो हिमशिखर (८,५८६) कञ्चनजंघा ११ जनाले आरोहण गरेका छन् । १२ जनाको टोली अन्तिम शिविरमा रहेका छन् । उनीहरु आरोहणको अन्तिम प्रयासमा रहेको जानकारी दिइएको छ ।

कञ्चनजंघा आरोहण गर्न ११ जना सफल, १२ प्रयासरत

७०७ बालबालिकाले पाए अभिभावक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको एकमहिने विद्यार्थी भर्ना अभियानमा ७ सय ७ बालबालिकाले अभिभावक पाएका छन् ।

७०७ बालबालिकाले पाए अभिभावक

यस कारण बसेको थियो भारतीय फिल्ड अफिस

प्रधानमन्त्री केपी ओलीले विराटनगरमा रहेको भारतीय दूतावासअन्तर्गतको ‘फिल्ड अफिस’ हट्ने बताएपछि यसबारे फेरि चर्चा र चासो सुरु भएको छ ।

यस कारण बसेको थियो भारतीय फिल्ड अफिस

नियमावली नबन्दा अड्चन

संघीय संसद्को नियमावलीमा दलहरूबीच सहमति नजुट्दा संवैधानिक नियुक्ति अड्किएको छ । संसदीय समितिहरू गठन हुन नसक्दा सुशासन र दैनिक समस्या निराकरणसमेत प्रभावित भएको छ ।

नियमावली नबन्दा अड्चन