१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध  

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेका कारण आइतबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध  

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार इच्छाकामाना गाउँपालिका–६ को चेपेखोलामा आइतबार बिहान पाँच बजे ठुलो पहिरो गएको हो ।


पहिरो हटाउन सुरु भए पनि केही समय लाग्न सक्ने प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सडकमा सयौं गाडी र हजारौं यात्रु रोकिएका छन् ।


गाडी चल्न थाले पछि हुने सडक पार गर्न हुने तछाड मछाडका कारण सडक जाम हुने भएकाले बाटोमा रहेका गाडीलाई आफ्नो लेनमा मात्रै चलाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?