१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

रासस

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आइतबार थाइल्याण्ड लगिने भएको छ ।

उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

चिकित्सकको सल्लाहअनुसार उनलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । आज दिउँसो १:३० बजे थाई एयरको जहाजबाट उनलाई थाइल्यान्ड लगिँदै छ ।


लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७५ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?