२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

३९ प्रतिशत विद्यार्थी भर्ना

रासस

काठमाडौँ — सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना गरेको छ ।

३९ प्रतिशत विद्यार्थी भर्ना

वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८ सय ८७ विद्यार्थीमध्ये ३४ हजार ३ सय ४४ जना मात्र भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिए । उनका अनुसार भर्ना गरिएका विद्यार्थी प्राथमिक तहका हुन् ।


सरकारले विद्यालय जाने उमेर समूहका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको थियो । उनले अभियानमा कक्षा १ देखि दशसम्म करिब सात लाख २४ हजार विद्यार्थी भर्ना गरिएको बताए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक विद्यार्थी भर्ना गरी अभियानको सुरुआत गरेका थिए । प्रवक्ता अर्यालले बाँकी भर्ना हुन नसकेका विद्यार्थीलाई शैक्षिक सत्रभरी भर्ना गर्न पहल गरिने बताए ।


अभियानमा यस वर्ष ७ सय ७७ विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ । ती विद्यार्थीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, नगरप्रमुख तथा उपप्रमुख, चलचित्र नायक आदिले विद्यालयमा भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् ।


यस वर्ष गरिब, अपाङ्गता भएका र पिछडिएका क्षेत्रका विद्यालय उमेर जाने विद्यार्थीलाई पाठ्यपुस्तकसहित विद्यालय भर्ना गरिएको थियो । सरकारले वर्षेनी भर्ना अभियान सञ्चालन गरे पनि तोकेअनुसारको विद्यार्थी भर्ना गराउन सकेको छैन ।

प्रकाशित : जेष्ठ ६, २०७५ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?