कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाँच लाख ठग्ने गिरी जेल चलान

रासस

काठमाडौँ — नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । 

पाँच लाख ठग्ने गिरी जेल चलान

ब्यूरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको मिति २०७० को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु एक लाख ५० हजार जरिवाना सजाय तोकिएका महोत्तरीका ३१ वर्षीय आरती गिरीलाई आज कमलपोखरीबाट पक्राउ गरिएको हो । गिरीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएको थियो ।


गिरीले ६ महिनाभित्र इजरायल पठाइदिन्छु भनी पदमसुन्दरी श्रेष्ठबाट रु तीन लाख ३० हजार र गीता श्रेष्ठबाट रु एक लाख ५५ हजार लिएर फरार भएका थिए । पक्राउ गिरीलाई वैदेशिक रोजगार ठगीअनुुसार कारबाही गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?