२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेकपाको नाममा दल दर्ता गरेकामा आपत्ति

काठमाडौँ — कम्युनिस्ट नेता ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले एमाले र माओवादी एकीकृत भई बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ लाई कानुनविपरीत निर्वाचन आयोगले दर्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

नेकपाको नाममा दल दर्ता गरेकामा आपत्ति

‘संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा आयोगमा दर्ता कायम रहेको दलको नाम र चुनाव चिह्नसँग मिल्ने गरी अर्को दल दर्ता हुन नसक्ने प्रस्ट व्यवस्था छ,’ कट्टेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटै नाममा दुईवटा दर्ता गर्न मिल्दैन ।’

कानुन छल्न आयोगले एकीकृत पार्टीको नामको मुनि धर्सो तानेर दल दर्ताको निवेदन दिन लगाएको आरोपसमेत कट्टेलले लगाएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?