कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

त्रिवि अल्मुनाई गठन

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले पूर्वविद्यार्थीलाई संगठित गरी विश्वविद्यालयको उन्नयनमा जुटाउन प्राध्यापक डा. सुनीति हाडा श्रेष्ठको संयोजकत्वमा त्रिवि अल्मुनाई एसोसिएसन गठन गरेको छ ।

त्रिवि अल्मुनाई गठन

त्रिवि कार्यकारी परिषद्ले अल्मुनाईको विधान गत वर्ष नै पारित गरेको थियो । परिषद्ले एसोसिएसनबाट एक सदस्य त्रिविसभा सदस्य रहने गरी ऐन संशोधन प्रस्तावसमेत तयार गरेको छ ।


‘अल्मुनाईको सदस्यता वितरण थालेका छौं,’ एसोसिएसनका सदस्यसचिव प्राध्यापक ऋदिश पोखरेलले भने, ‘त्रिविबाट शिक्षा हासिल गरेर सरकार, निजी, शिक्षा क्षेत्र र अन्य सबै क्षेत्रमा कार्यरत पूर्वविद्यार्थीलाई सदस्यता खुला गरेका छौं ।’


पूर्वविद्यार्थी वार्षिक साधारण सदस्य बन्न सक्छन् भने आजीवन सदस्यताबापत ५ सय रुपैयाँ शुल्क लिने गरिएको उनले जनाए । २०१६ सालमा स्थापित त्रिविका ६० आंगिक र ११ सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् ।


वार्षिक झन्डै २ लाख विद्यार्थीले स्नातक, स्नातकोत्तर उत्तीर्ण गरी शैक्षिक प्रमाणपत्र लिने गरेको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्रिविबाट विभिन्न समयमा उच्च शिक्षा हासिल गरी फरक पेशा, व्यवसायमा संलग्न पूर्व विद्यार्थीको सहयोगमा विश्वविद्यालयको शैक्षिक गुणस्तर प्रभावकारी तुल्याउने एसोसिएसनको उद्देश्य छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?