नक्सलवादी समूहद्वारा विस्फोटन गराउँदा भारतीय छ प्रहरीको मृत्यु 

एजेन्सी

नयाँदिल्ली — भारतको छत्तीसगढमा प्रहरीलाई लक्षित गरी आइतबार गराइएको शक्तिशाली बम विस्फोटमा कम्तीमा ५ प्रहरीको मृत्यु भएको छ । 

नक्सलवादी समूहद्वारा विस्फोटन गराउँदा भारतीय छ प्रहरीको मृत्यु 

नक्सालवादीको प्रभाव रहेको दन्तेवडाको चोलनार गाउँमा विस्फोट गराइएको भारतीय प्रहरीले जनाएको छ । विस्फोटमा २ प्रहरी घाइते भएका छन् ।


नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीलेका अनुसार घटनास्थल वरपर थप सुरक्षा फौज खटाइएको छ । उनले सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी भइरहेको बताए ।


उनले प्रारम्भिक अनुसन्धानबाट नक्सालवादी समूहले उक्त आक्रमण गरेको थाहा भएको बताए । उनले घटनाबारे थप अनुसन्धान भईरहेकाले बिस्तृत विवरण पछि सार्वजनिक गरिने बताए ।


प्रकाशित : जेष्ठ ६, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?