कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सीट संख्याभन्दा बढी यात्रु राख्ने १८९ सवारी साधन कारबाहीमा

रासस

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ । 

सीट संख्याभन्दा बढी यात्रु राख्ने १८९ सवारी साधन कारबाहीमा

गृह मन्त्रालयले बुधबार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएसँगै महाशाखाले माइक्रोबस र टेम्पोलाई कारबाही गरेको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासीनीले सफा टेम्पो र १८ सीटभन्दा कम क्षमता भएका माइक्रोबसलाई कारबाही गरिएको जानकारी दिए । 'उपत्यकाका तीन दर्जन स्थानमा जाँच गर्दा उक्त सवारी कारबाही परेका हुन्,'– उनले भने ।


उनले आइतबार समातिएका सवारी साधनलाई रु ५०० जरिवाना गरिएर छाडिएको बताए । गृहमन्त्री रामबहादुर थापाले बुधबार सरोकारवालासँगको बैठकमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए ।


काठमाडौँ उपत्यकामा शुक्रबारदेखि नै तीनपाङ्ग्रे टेम्पुमा सीट संख्या भन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ । बढी यात्रु बोक्ने टेम्पो शुक्रबार र शनिबार ५८ वटालाई कारबाही गरिसकिएको महाशाखाले जनाएको छ ।


यसैगरी महाशाखाले आजै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटरमा प्रिन्टर जडान नगरेका ११९ ट्याक्सीलाई कारबाहीसमेत गरेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?