२ नम्बर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत गरेको छ ।

जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन अफ अमेरिकाको निम्तोमा राउत अमेरिकामा जाने तयारीमा थिए । २ नम्बर प्रदेशभित्रै आर्थिक वर्ष २०७५/७६ को बजेट र नीति तथा कार्यक्रम तयार गर्नुपर्ने भएकाले भ्रमणमा जान अनुपयुक्त देखिएकाले भ्रमण अस्वीकृत गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

Yamaha

Esewa Pasal

प्रकाशित : जेष्ठ ६, २०७५ २३:१५
प्रतिक्रिया
पठाउनुहोस्

नीति तथा कार्यक्रम सोमबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार संघीय संसद्‌मा पेस गर्दै छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ४ बजे संसद् बैठक बोलाइएको छ । संसद् भवन झकिझकाउ बनाइएको छ । राष्ट्रपतिको स्वागत र सवारी व्यवस्थित गर्न सचिवालयले आइतबार पूर्वअभ्यास गरेको थियो ।

कार्यक्रमका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई समेत निम्तो दिइएको सचिवालयले जनाएको छ । संयुक्त बैठकपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठकले राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद दिने कार्यसूची छ । नीति तथा कार्यक्रममाथि छलफलका लागि तीन दिन छुट्टयाइएको सचिवालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ २२:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT