१२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले करिव १२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश मन्त्रालयको संगठन संरचनासम्बन्धि प्रस्ताव स्वीकृत गरेको छ ।

झापा शान्तिनगरदेखि धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा र रुपालसम्म पुग्ने राजमार्ग करिव १२ सय किलोमिटरको रहनेछ । चुरे तथा भित्रि मधेसको जोड्नेगरी राजमार्ग बनाउने भौतिक योजना मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदको आइतबार राति बसेको बैठकले स्वीकृत गरेको हो ।

Yamaha

मन्त्रिपरिषद् बैठकले प्रदेश मन्त्रालयको संगठन संरचनासम्बन्धि प्रस्ताव स्वीकृत गरेको छ । सोमबार ४ बजे राष्ट्रपतिबाट संसदको दुवै सदनमा संयुक्तरुपमा प्रस्तुत गरिने नीति तथा कार्यक्रम पनि स्वीकृत भएको छ ।

सरकारले ३३ किलो सुन प्रकरणबारे अनुसन्धान गर्न गठित विशेष अनुसन्धान टोलीको म्याद जेठ मसान्त थपेको छ ।

मन्त्रिपरिषद् बैठकले बिमा संस्थाको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

Esewa Pasal

प्रकाशित : जेष्ठ ६, २०७५ २३:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

२ नम्बर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत गरेको छ ।

जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन अफ अमेरिकाको निम्तोमा राउत अमेरिकामा जाने तयारीमा थिए । २ नम्बर प्रदेशभित्रै आर्थिक वर्ष २०७५/७६ को बजेट र नीति तथा कार्यक्रम तयार गर्नुपर्ने भएकाले भ्रमणमा जान अनुपयुक्त देखिएकाले भ्रमण अस्वीकृत गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ६, २०७५ २३:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT