‘ट्रकोमा’ नेपालको स्वास्थ्य समस्या नरहेको डब्लूएचओद्वारा प्रमाणित

अतुल मिश्र

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले सरकारलाई आँखामा लाग्ने खस्रे रोग(ट्रकोमा) निर्मूलनको प्रमाण पत्र प्रदान गरेको छ ।

‘ट्रकोमा’ नेपालको स्वास्थ्य समस्या नरहेको डब्लूएचओद्वारा प्रमाणित

यो एकबाट अर्कोमा सर्ने ब्याक्टेरियाले हुने आँखाको संक्रमण हो । दक्षिण पूर्व एसियामा नेपालले मात्र यो सफलता प्राप्त गरेको हो ।


डब्लूएचओका महानिर्देशक डा. टेड्रोसले ७१ औँ महासभामा भाग लिन जेनेभा पुगेकी स्वास्थ्य राज्यमन्त्री पद्या अर्याललाई एक विशेष बैठकमा उक्त प्रमाण पत्र प्रदान गरेका हुन् । उक्त कार्यक्रममा डब्लूएचओ दक्षिणपूर्व एसिया क्षेत्रकी प्रमुख डा. पूनम सिंह खेत्रपाल समेत उपस्थिती थिइन ।


सन १९८१ मा नेत्र ज्योती संघद्वारा गरिएको पहिलो राष्ट्रिय सर्वेक्षणमा नेपालको अन्धोपनाको दोश्रो प्रमुख कारण ट्रकोमा देखिएको थियो । ट्रकोमाले हुने अन्धोपनलाइ पुन: निको पार्न सकिदैन ।


‘ट्रकोमा नेपालको स्वास्थ्य समस्या नभएको डब्लूएचओले प्रमाणित गर्यो’, नेत्रज्योती संघका अध्यक्ष प्रा.डा.तिर्थ प्रसाद मिश्रले भने–‘सार्क मुलुकमा हामी मात्र ट्रकोमा नभएको राष्ट्र हौँ ।’


करिब साढे तिन दशकको प्रयास पछि ट्रकोमा निर्मुलन सम्भव भएको औल्याउदै डा.मिश्रले भने–‘यो गौरव सामुहिक रुपमा गरिएको दिर्घकालीन प्रयासले सम्भव भएको हो ।’

प्रकाशित : जेष्ठ ७, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?