२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

त्रिभुवन विमानस्थल २१ घन्टा सुरु

सुरज कुँवर

काठमाडौँ — सरकारले सोमबारदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संचालन समयमा अढाई घन्टा थप्दै २१ घण्टा पुर्‍याएको छ ।

त्रिभुवन विमानस्थल २१ घन्टा सुरु

निकट भविष्यमा यहाँको विमानस्थल चौबिसै घन्टा सञ्चालन गर्ने सोच सरकारको छ ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चैत्र १६ गते सय दिने कार्यक्रममा साढे १८ घन्टासम्म संचालन हुदै आएको काठमाडौं विमानस्थललाई २१ घण्टा (विहान ६ बजेदेखी राति ३ बजेसम्म) संचालन गर्ने कार्यक्रम घोषणा गरेको थियो । त्यसै अनुरुप पर्यटनमन्त्री रविन्द्र अधिकारीले सोमबार विमानस्थल पुगेर २१ घन्टा संचालन गर्ने कार्यक्रम उद्घाटन गरे ।


विमानस्थलको समय बढाएपछी सोमबारसम्म नयाँ एयरलाइन्स थपिएका पनि छैनन् । उडानमा रहेकाले चापबाट मुक्ती पाउन राती सयम सार्ने घोषणा गरिहालेका पनि छैनन । मध्य चैत्रदेखी मध्यकार्तिकसम्म जारी हुने गर्मीयामको समर सेड्युल अनुसार, अहिले उडान भइरहेका छन् ।


त्यस अनुसार, एयरलाइन्सहरुले आफ्ना उडान हुने रुटका लागि टिकट एक वर्षअघिदेखि नै बिक्रि खुला गरीसक्ने भएकाले तत्काल अहिले उडान भइरहेको सयम हेरफेर हुनसक्ने सम्भावना कम रहेको एक एयरलाइन्सका प्रतिनिधिले बताए ।


मन्त्री अधिकारीले विदेशी एयरलाइन्ससँग थप गरिएको समयमा उडान तालिका सार्ने र राख्नेबारे छलफल भइरहेको बताए । ‘राति विमान आउनेमा चिन्ता नलिनुहोस्, २१ घन्टा हामीले चलाएपछी एयरलाइन्स आइहाल्नेछन्,’ मन्त्री अधिकारीले भने, ‘मेरो एयरलाइन्स अपरेटरहरुसँग पनि कुरा भइरहेको छ ।’


गर्मीयामको तालिका सकिएपछी मध्य कार्तिकदेखी जाडोयामको विन्टर सेड््युअल लागु हुन्छ । अहिले गर्मीयामको तालिका (समर सेड्युल) अनुसार तीस वटा एयरलाइन्सले अन्तराष्र्टिय उडान गरीरहेका छन् ।


आइतबारसम्म विमानस्थल विहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको थियो । अब विहान ३ बजेसम्म संचालन हुने छ । हवाई ट्राफिक चापका कारण परेको समस्यालाई न्यूनिकरण गर्न सरकारले अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याएको हो ।


विमानस्थलको तालुक निकाय नागरिक उड्डयन प्राधिकरणले चाप कम हुने सयममा उडान गर्न चाहाने एयरलाइन्सलाई पार्किङ्ग, एयर नेभिगेसन तथा कम्युनिकेशन लगायतमा लिने शुल्कमा छुट दिने तयारी गरीरहेको महानिर्देशक संजिब गौतमले बताए । अहिले विमानस्थलको आर्थिक नियमावलीमा सेवा शुल्कको दर चापका आधारमा छैन् ।


विमानस्थलका महाप्रवन्धक राज कुमार क्षेत्रीले २१ घन्टाकालागि चाहिने जनशक्ति लगायतका व्यवस्थापन सकिएको बताए । विमानस्थलमा रहेका अध्यागमन र भन्सार कार्यालयले पनि सरकारले ल्याएको कार्यक्रममा समर्थन जनाउदै सहयोग गर्ने बताएका थिए ।


यसैबिच काठमाडौंमा उडान व्यवस्थापन गर्ने तीनवटा टावर (एरिया, एप्रोच, टावर) कालागि विमानस्थलले ७ जना एयर ट्राफिक थपेको छ । तीनवटै टावरकालागि १ सय १८ एटीसी दरबन्दी रहेको विमानस्थलमा ७ जना थपिएपछी अब एटीसीको संख्या ७४ पुगेको छ ।


महानिर्देशक गौतमले थप गरिएको सयममा काम गर्ने कर्मचारीहरुको सुविधा पनि थपिएको बताए । ‘संचालक समितिले माइन्युट गर्न बाकि छ । हामीले सेवा सुविधामा हेरफेर गरेका छौं ।’ पर्यटन सचिव कृष्ण प्रसाद देवकोटाले सरकारले ल्याएको कार्यक्रमबाट पछी नहट्ने बताएका छन् ।


विमानस्थलमा कार्यरत केही कर्मचारी संगठनले २१ घन्टा संचालनबारे ‘चेतावनीमुलक’ विज्ञप्ती जारी गरेकोमा कडा आपत्ती जनाउदै उनले भने, ‘यो राज्यले ल्याएको कार्यक्रम हो । यो निर्णयमा सरकार पछि हटैन । राज्यको निर्णय नमान्ने कर्मचारीले राजिनामा दिनु । डियुटी पूरा नगर्नेलाई कारवाही गर्ने छौं ।’

काठमाडौंको विमानस्थल २१ घन्टा संचालनमा ल्याइएसँगै सन् २०२० सम्म वार्षिक १५ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेका मन्त्री अधिकारीले अब काठमाडौं र पोखरामा घुमफिर लगायत पर्यटकीय गतिविधिलाई बढवा दिन नाइटलाइफ पनि संचालनमा ल्याइन लागेको बताए । उनले रात्री उडान सुविधा भएका विराटनगर, धनगढी, भैरहवा लगायत सुगम रुटकालागि हुने आन्तरिक उडान पनि रात्री समयमा सार्न निर्देशन दिएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७५ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?