२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नीति तथा कार्यक्रमको पक्षपोषण गर्न नेकपाका सांसदहरुलाई निर्देशन

काठमाडौँ — प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको संसदमा पक्षपोषण गर्न निर्देशन दिएका छन् । 

नीति तथा कार्यक्रमको पक्षपोषण गर्न नेकपाका सांसदहरुलाई निर्देशन

पार्टी संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जथाभावी नबोल्न र कुनै असन्तुष्टि भए नेतृत्वलाई जानकारी गराउन भनेका छन् । ‘कुनै असन्तुष्टि गुनासा भए दलको जिम्मेवार ठाँउमा राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने,‘संसदमा आवेशमा आएर कुरा नराख्नुहोस्, विषयवस्तुको अध्ययन गर्ने बानी बसाउनुहोस् ।’ उनले विकास निर्माणका कामको अनुगमन, योजना छनौट लागयतमा सांसदहरुको भूमिका आवश्यक पर्ने उल्लेख गर्दै त्यसबाहेक अन्य गतिविधिमा संलगन नहुने पनि सांसदलाई निर्देशन दिए ।


जनताबाट असाधारण जनमत प्राप्त भएकाले त्यसको कदर गर्न पनि राम्रा कामहरु गर्नेपर्ने ओलीले उल्लेख गरे । ‘असाधारण जनमत छ त्यसैले हामीलाई गल्ती गर्ने छुट छैन,’ प्रधानमन्त्री ओलीले भने,‘जनताका अपेक्षा पनि धेरै छन् । ती अपेक्षा पुरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन् ।’ अब सरकार अस्थिर होला कि भन्ने कुनै गुञ्जायस नरहेकाले विकास र समृद्धिका काममा मात्र ध्यान केन्द्रित हुनुपर्ने ओलीले उल्लेख गरे । उनले आगामी बजेटको प्रारम्भिक स्वरुपबारे पनि सांसदहरुलाई जानकारी दिए । ‘प्रगतिशिल र समाजवाद उन्मुख बजेट हुन्छ नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण कुराहरुलाई बजेटमा सम्बोधन गरिने छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो,‘परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउदा लक्ष्यमा पुग्न सकिदैन नयाँ प्रविधी प्रयोग गर्नै पर्छ ।’


प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको दाबी गरे । जनता आवास कार्यक्रमलाई नयाँ ढंगले सञ्चालन गरिने जानकारी दिए । हिमाली क्षेत्रमा छरिएका बस्तीलाई एकिकृत गर्ने र त्यहा पनि जनता आवास कार्यक्रम सञ्चालन गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए ।


संसदीय दलको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि सांसदहरुलाई संसदमा सक्रियतापूर्वक भूमिका खेल्न निर्देशन दिए । मुलुकमा कम्यूनिष्ट जनमत धेरै रहेको र त्यस अनुसार नै अहिले सरकार पनि बनेकाले विकास र समृद्धिमा ठोस ढंगले लाग्नुपर्ने धारणा राखे । गत चुनावम दुबै पार्टी एउटै चुनाव चिन्हमा चुनाव नलड्दा एक्लैको दुई तिहाई आउने अवस्था गुमेको भन्दै दाहालले पछुतो व्यक्त गरे । तर झण्डै दुई तिहाई नजिकको एकीकृत पार्टी निर्माण भएकाले अब कुनै पनि काममा असफल हुने छुट नरहेको दाहालको भनाई थियो ।


दलको बैठकले विगतमा दुई दलका विधानलाई एकिकृत गरी नयाँ विधान बनाउने प्रयोजनका लागि नेता भीम रावलको संयोजकत्वमा समिति गठन गरेको छ । सांसद खगराज अधिकारीका अनुसार समितिलाई १५ दिन भित्र दलको विधान तयार गरिसक्न निर्देशन दिइएको छ । रावल संयोजकत्वको कार्यादलमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोरखेल, रामनारायण विडारी र रेखा शर्मा सदस्य छन् ।

प्रकाशित : जेष्ठ ८, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?