६१३ पत्रकारको दुर्घटना बिमा

काठमाडौँ — नेपाल पत्रकार महासंघले सरकारसँगको सहकार्यमा ६ सय १३ जना सञ्चारकर्मीको दुर्घटना बिमा गराएको छ । उक्त संख्या चालु आवको पहिलो चरणमा गरिएको बिमित पत्रकारको हो ।

६१३ पत्रकारको दुर्घटना बिमा

महासंघले दोस्रो चरणमा बिमाका लागि आह्वान गरिसकेको छ ।


सूचना विभागमा मंगलबार आयोजित कार्यक्रममा विभागका महानिर्देशक बालकृष्ण घिमिरे र महासंघ कोषाध्यक्ष राजेश मिश्रले एनएलजी बिमा कम्पनीका प्रतिनिधिलाई बिमित हुने पत्रकारका लागि आवश्यक रकमको चेक संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।


पत्रकार महासंघ, सूचना विभाग र एनएलजीबीच २०७४ चैत २ गते भएको सम्झौताबमोजिम प्रतिव्यक्ति बिमा शुल्क ३ सय १० रुपैयाँ ७५ पैसा तोकिएको छ ।


त्यसमा ७५ प्रतिशत सरकारले र २५ प्रतिशत पत्रकार स्वयंले वा उनी कार्यरत सञ्चार संस्थाले बेहोर्नुपर्ने प्रावधान छ । ६ सय १३ जनाका लागि १ लाख ९० हजार ४ सय ८९ रुपैयाँ ७५ पैसाको चेक बिमा कम्पनीलाई हस्तान्तरण गरिएको हो ।


महासंघका अनुसार आर्थिक वर्ष दोस्रो चरणको पत्रकार दुर्घटना बिमाका लागि पत्रकारको विवरण संकलन गरी जेठ मसान्तसम्म प्राप्त भएकालाई प्रक्रियामा अघि बढाइनेछ । दुर्घटना बिमाको सुविधामा सहभागी हुन सूचना विभागको पत्रकार परिचयपत्र तथा नेपाल पत्रकार महासंघको सिफारित अनिवार्य गरिएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?