१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

युवा संघले ‘दुई दिन खेतमा’ अभियान चलाउने

काठमाडौँ — युवा संघ नेपालले कृषि उपजलाई वृद्धि गराउने उद्देश्यले देशव्यापी रुपमा दुई दिने अभियान चलाउने भएको छ ।
ललितपुरमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले आउँदो असार ८ र ९ गते ‘दुई दिन खेतमा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

युवा संघले ‘दुई दिन खेतमा’ अभियान चलाउने

‘असार ८ र ९ गते दुई दिन खेतमा अभियान देशभरि चलाउने निर्णय गरेका छौं,’ युवा संघका सचिव तथा संगठन विभाग प्रमुख वचनबहादुर सिंहले भने, ‘प्रधानमन्त्री, मन्त्री, सांसद्, पाइलट, सबै मान्छे खेतमा हुनेछन्, जानुपर्ने अभियान चलाउने निर्णय गरेका हौं ।’ उनका अनुसार दुई दिनमा लगभग १० लाख मानिस परिचालित गर्ने लक्ष्य राखिएको छ ।


बैठकले देशभरका सरकारी अस्पताल र सामुदायिक विद्यालयका शौचालयहरुमा सरसफाइ अभियान चलाउने निर्णय गरेको कोषाध्यक्ष अमित लामाले जानकारी दिए । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि भ्रातृ संगठनहरु एकताको तयारीमा रहेको बताउँदै उनले अब १५ लाख युवालाई संगठित, व्यवस्थित रुपमा राख्ने कार्य थालनी गर्ने बताए ।


प्रकाशित : जेष्ठ ८, २०७५ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?