भक्तपुरको नलिन्चोकमा टिप्परको ठक्करबाट ३ को मृत्यु

लीला श्रेष्ठ

भक्तपुर — काभ्रेको साँगाबाट भक्तपुरतर्फ आइरहेको स्कुटरलाई पछाडिबाट टिप्परले ठक्कर दिँदा स्कुटरमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

भक्तपुरको नलिन्चोकमा टिप्परको ठक्करबाट ३ को मृत्यु

बा३ख ६६७४ टिप्परले बा५६प १२२७ स्कुटरलाई सूर्यविनायकको नलिन्चोक नजिक दिउँसो १२ बजे तिर ठक्कर दिएको हो । स्कुटरलाई ठक्कर दिए लगत्तै टिप्पर चालक फरार भएका थिए ।


महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी दीपक श्रेष्ठका अनुसार मृत्यु हुनेमा दोलखा मैलुङ(६ घर भई हाल लोकन्थली बस्ने ५० वर्षिय हरीबहादुर कटुवाल, ४० वर्षीया सावित्री घिमिरे र १३ वर्षिय अर्विन्द्र घिमिरे रहेका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ भने फरार टिप्पर चालकको खोजी भइरहेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?