१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उमेश यादव बचाउ अभियानलाई १० लाख

धनुषा — साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका उमेश यादवको जीवनरक्षाका लागि हेल्प मधेसीले संकलन गरेको दस लाख रुपैयाँ मुख्यमन्त्री लालबाबु राउतले बुधबार हस्तान्तरण गरेका छन् ।

उमेश यादव बचाउ अभियानलाई १० लाख

मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ग्रोइभ नेपाल फाउन्डेसनका अध्यक्ष सरोज रायलाई रकम उपलब्ध गराइएको हो । कार्यक्रममा यादवका परिवार पनि उपस्थित थिए । मुख्यमन्त्री राउतले यादवको जीवनरक्षाका लागि हेल्प मधेसीले गरेको सहयोगको प्रशंसा गरे । यसका लागि प्रदेश सरकारबाट हुने हरेक सहयोग गर्न आफू तयार रहेको पनि उनले बताए ।


पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएका यादवलाई आममाफी दिन मृतकको परिवार तयार भइसकेको छ । तर त्यसका लागि ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमनी स्वरूप पीडित परिवारलाई दिनुपर्नेछ ।


अभियानअन्तर्गत हालसम्म ३७ लाख ५० हजार नेपाली रुपैयाँ संकलन भएको उमेश यादव बचाउ अभियानका संयोजकसमेत रहेका रायले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७५ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?