३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्यटन विकासका लागि स्पष्ट नीति र दृष्टिकोण चाहियो : सभामुख

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले नेपालको पर्यटन विकासका लागि स्पष्ट नीति र दृष्टिकोण चाहिएको बताएका छन् ।

पर्यटन विकासका लागि स्पष्ट नीति र दृष्टिकोण चाहियो : सभामुख

गन्तव्य नेपाल ग्रुपको १४ औं वार्षिकोत्सव तथा टुरिजम म्यान अफ दि इयर प्रदान कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसायलाई समृद्ध बनाउन सरकारले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए । ‘पर्यटन व्यवसायलाई फस्टाउन आवश्यक पर्ने कानुनहरु के छन् ? बाधक के छ ? राज्यले सहजीकरण गर्ने ठाउँ के हो ? उनले सरोकारवालाई आग्रह गर्दै भने, 'सरकारलाई घच्घच्याउनुस्, प्रस्ताव अघि बढाउन सहयोग गर्नुस् । पर्यटन व्यवसायलाई अघि बढाउन मैले गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार छु ।’


सभामुख महराले नेपालको पहिचान विश्व जगतमा चिनाउन पर्यटन व्यवसाय महत्वपूर्ण भएको पनि बताए । ‘पर्यटन व्यवसाय नेपालको आर्थिक समृद्धिको आधार त हो नै’, उनले भने, ‘नेपालको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक जनजीवन र सभ्यतालाई विश्व जगतमा चिनाउन पर्यटन व्यवसायले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

प्रकाशित : जेष्ठ १२, २०७५ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?