२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

शैक्षिक मेला आजसम्म

काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित चारदिने शैक्षिक मेला आज आइतबारसम्म चल्नेछ । एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरेर शैक्षिक मेलाको आयोजना गरिएको हो ।

शैक्षिक मेला आजसम्म

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर दैनिकले शैक्षिक मेलाको आयोजना गरेका हुन् ।

राजधानीको भृकुटीमण्डपमा जारी शैक्षिक मेला शनिबार सबैभन्दा भीड बढेको थियो । स्वदेशमै सस्तो, राम्रो शिक्षा लिने चाहनाका विद्यार्थीहरू आफूमा रहेको अन्योल हटाउन सहज बनाएको सहभागीको अनुभव छ ।

काठमाडौंकी प्रसिद्धि बस्नेत १२ कक्षाका परीक्षा सकाएर बसेकी छन् । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने उनी साथीलाई समेत भेला गरेर मेलामा धेरै कलेजको बारेमा थाहा पाएको उनी बताउँछिन् । ‘नेपालमा राम्रो कलेज छैन भन्नेहरूले एक पटक यो मेला अवलोकन गर्नैपर्ने हुन्छ,’ उनले भनिन्, ‘एकै ठाउँमा धेरै कलेजको बारेमा बुझ्न पाउनु हाम्रा लागि फाइदाको कुरा हो ।’

उनीजस्तै उच्च शिक्षा अध्ययन गर्न उनीजस्तै धेरै विद्यार्थीहरू राम्रो शैक्षिक संस्थाको खोजीमा छन् । ‘यहाँ परामर्श दिने शैली राम्रो लाग्यो । मेलामा उत्प्रेरणा दिने काम हुँदो रहेछ,’ उनले भनिन्, ‘राम्रो कलेज छानेर पढ्न सके सपना पूरा गर्न सकिन्छ ।’

हिसानका महासचिव तथा मेलाका संयोजक लोकबहादुर भण्डारीले आइतबारसम्म मात्र परामर्शको अवसर नगुमाउन आग्रह गरे । ‘शैक्षिक मेला सबैखाले विद्यार्थीलाई लक्षित छ, विद्यार्थी, अभिभावकले आवश्यक जिज्ञासा मेट्ने यो मौका नगुमाउनोस्,’ भण्डारीले भने । शैक्षिक परामर्श लिने विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराइएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?