१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

गोरेसँगको बयान सकियो, आजैबाट थुनछेकको बहस हुने

माधव घिमिरे

काठमाडौँ — गत बुधबारदेखि सुरु भएको सुन तस्करी तथा सनम हत्याकान्डमा मुख्य अभियुक्त चूडामणी उप्रेती 'गोरे'को बयान आइतबार सकिएको छ ।

गोरेसँगको बयान सकियो, आजैबाट थुनछेकको बहस हुने

गत मंगलबार सुन तस्करी तथा सनम हत्या बारे छानबिन गर्न बनेको समितिले गाेरेलाई काठमाडौंबाट पक्राउ गरी मोरङ जिल्ला अदालतमा बुझाएको थियो । अदालतका कर्मचारीले उनको बयान ३७ पानामा उतारेका छन् । साढे २ बजेदेखि सो मुद्दामा पुन: बहस सुरु हुँदैछ । यसअघि भएको बहसका अाधारमा अधालतले २८ जनालाई पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने एक जना साधारण तारेखमा र अर्का एक जना धरौटीमा रिहा भएका छन् ।


आज हुने बहसको सुरूमा मोरङका जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले सरकारका तर्फबाट बहस गर्ने छन् । त्यसपछि गोरेका तर्फबाट अधिवक्ता यामबहादुर मगरले बहस गर्नेछन् ।


दुवै तर्फको बहस सकिएपछि न्यायाधीश नारायणप्रसाद शर्माले थुनछेकको आदेश दिने अदालत स्रोतले जनाएको छ ।


प्रकाशित : जेष्ठ १३, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?