कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रातारात हराए सिमा स्तम्भ

चन्द्र कार्की

पाँचथर — नेपाल–भारत सिमा क्षेत्रको पाँचथरतर्फको १६ वटा साना सिमा स्तम्भ रातारात गायब भएका छन् ।पाँचथर प्रहरीले गरेको सिमा स्तम्भ अवलोकनको क्रममा यतिका परिमाणका साना सिमा स्तम्भ नभेटिएका हुन् । 

रातारात हराए सिमा स्तम्भ

उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका–१ र २, फालेलुङ गाउँपलिकाको–३, ४ र ७ नम्बर वडा भारतको सिक्किम र पश्चिम बंगाल राज्यसँग सिमाना जोडिएको छ । पाँचथर तर्फको ४४ दशमलव ३८ किलोमिटर सिमा क्षेत्रमा रेहका १ सय १३ वटा सिमा स्तम्भ (पिलर) थिए ।


यहाँ रहेका १ सय ३ साना सिमा स्तम्भ मध्ये १६ वटा हराएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।


प्रहरीले यो क्षेत्रमा १६ दिन लगाएर सिमा स्तम्भको अध्ययन गरेको थियो । अध्ययनका क्रममा १ सय ३ साना सिमा स्तम्भ मध्ये ८७ वटा मात्र फेला परेको प्रहरी प्रमुख गौतमको भनाई छ ।


त्यसमा पनि १२ वटा सिमा स्तम्भको निशाना नै पत्ता नलागेको, ४ वटाको स्तम्भ गाडिएको स्थानसम्म फेला पारिएको अवलोकन टोलिमा संलग्न प्रहरीको भनाई छ ।


फेला परेका सिमा स्तम्भ पनि मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेको छन् । अधिकांश स्तम्भ पुराना भएर ढलेका तथा ढल्ने अवस्थामा छन् भने केही सिमा स्तम्भ पहिरोले बगाउन लागेको अवस्थामा छन् ।


प्रहरीका अनुसार मानिस र घरपालुवा जनावर पुग्न नसक्ने दुर्गम स्थानका सिमा स्तम्भ अन्य भन्दा राम्रै अवस्थामा भेटिएका छन् । सडक पुगेको, चौरी गाईको चरन क्षेत्र र पर्यटकको आवगमन बढी हुने स्थानका सिमा स्तम्भ हराएका र जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ ।


सिमा क्षेत्रसँगै रहेको पर्यटकीय स्थल फालोट क्षेत्रमा अन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढी हुने गरेको छ ।


यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सिमा स्तम्भमा चढ्ने, पिलरलाई हल्लाउने जस्ता कार्य गर्नाले त्यो क्षेत्रका स्तम्भहरु थप असुरक्षित रहेको याङवरक गाउँपालिका–१, च्याङथापुका मंगल बहादुर बेघाले बताए ।


जीर्ण अवस्थामा रहेका स्तम्भमा चौरी गाईहरु रगटिने कारणले पनि स्तम्भ जीर्ण बन्न पुगेको प्रहरीको भनाई छ । ‘जीर्ण अवस्थामा रहेका कतिपय स्तम्भहरुमा हामीले चौरी गाई रगटिएको निशाना र चौरी गाईको रौंहरु भेटेका थियौं ।’ बेघाले भने ।


सिमा स्तम्भको दशगजा वरपर दुवै पक्षले कुनै संरचना निर्माण गर्न नहुने भएपनि भारतीय पक्षबाट सिमा स्तम्भ नै धरापमा पर्ने गरी सडक निर्माण गरिँदा कतिपय स्तम्भ जोखिममा परेका छन् ।


याङवरक गाउँपालिका–२, को तिम्बुङ पोखरीदेखि फालेलुङ गाउँपालिका–७, को सन्दकपुर आहाल छेउ सम्मको पाँचथर तर्फको सिमा क्षेत्रमा ३५ नम्बर देखि ५७/२ नम्बर सम्मका सिमा स्तम्भ रहेका छन् ।


कार्यालयको आन्तरिक अभिलेखलाई चुस्त, दुरुस्त राख्न पाँचथर प्रहरीले केही दिनअघि १६ दिन लगाएर सिमा क्षेत्र तथा सिमा स्तम्भहरुको अवलोकन गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए । भारतीय पक्षबाट नियमित रुपमा सिमा क्षेत्रको अनुगमन भएपनि नेपाल पक्षबाट भने आक्कल–झुक्कल मात्र अनुगमन हुने गरेको छ ।


प्रहरीको टोलीले सीमा स्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थाबारे पनि अवलोकन गरेको थियो । अवलोकनले तत्काल सीमा स्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखाएको छ ।


तीन प्रकारका पिल्लरमध्ये जंगे र मझौला भन्दा साना पिल्लरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था छ । प्रहरी टोलीले दुई चरणमा सीमा सर्वेक्षण गरेको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?