कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रयोगशालाको गुणस्तर नियन्त्रण सम्बन्धि दुई दिने गाेष्ठी सुरु

अतुल मिश्र

काठमाडौँ — मुलुकमा एउटा प्रयोगशालाको प्रतिवेदन अर्को भन्दा पृथक देखिने समस्यामा केन्द्रित रहेर गुणस्तर नियन्त्रण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सोमबारदेखि राजधानीमा सुरु भएको छ ।

प्रयोगशालाको गुणस्तर नियन्त्रण सम्बन्धि दुई दिने गाेष्ठी सुरु

गोष्ठिमा मुलुकका प्रमुख सरकारी अस्पताल र निजी अस्पतालको सहभागिता छ ।


इन्टरनेशनल फेडरेसन अफ क्लिनिकल केमेस्ट्री एण्ड ल्याब्रोरेटरी मेडिसिन(आइएफसीसी), नेपाल एसोसिएसन फर मेडिकल ल्याब्रोरेटरी साइन्स(एनएएमएलएस) र नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रि(एनएसिसि) द्वारा संयुक्त रुपमा आयोजित कार्यशालामा जर्मनी, अस्ट्रेलिया र बेलायतका विशेषज्ञहरुको सहभागिता छ ।


पूर्व राष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गरेका कार्यशालाको प्रमुख वत्ताहरुमा प्रा.डा. इगोन एमोन, प्रा.डा.रेन्ज वल्स, प्रा.डा.भरत झा र एनेट थोमस छन् ।


गोष्ठीमा सहभागी विदेशी विशेषज्ञहरुले मुलुकको २० वटा अस्पतालमा भ्रमण गरेर त्यस मध्ये ५ वटा निजी र ५ वटा सरकारी अस्पताललाई छनौट गर्नेछन् ।


गोष्ठिका आयोजकका सचिव राजेश कुमार गुप्ताका अनुसार छनौट भएका १० वटा अस्पताललाई आइएफसीसीले एक वर्षसम्म गुणस्तर नियन्त्रण सम्बन्धि सामाग्री निशुल्क प्रदान गर्ने छ ।

प्रकाशित : जेष्ठ १४, २०७५ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?