कलाकारहरुले अब निराशाका गीत गाउनु पर्दैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले अबदेखि कलाकारहरुले निराशाका गीत गाउनु नपर्ने बताएका छन् । सा‌ंस्कृतिक संस्थानले शनिबार जनगायक रमेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

कलाकारहरुले अब निराशाका गीत गाउनु पर्दैन : प्रधानमन्त्री

कार्यक्रममा प्रधानमन्त्री ओलीले रमेशले निरंकुशताको विरुद्ध जनता जगाउन गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जनता जगाउने कलाकारको खोजीमा आफू २०२६ सालतिर जेबी टुहुरे र लव प्रधानलाई भेट्न मधुमल्ला गएको प्रसंग सुनाउँदै प्रधानमन्त्री ओलीले भने,‘ २०३० सालमा म जेल परेँ । तरपनि हामी जित्ने छौँ एकदिन भन्ने गीत सम्झिएर आत्मविश्वास घटेन ।’


कुनै बेला जनता जगाउन गाउँ–गाउँबाट उठ बस्ती बस्तीबाट उठ बोलको गीत रचना गरेका र गाएका कलाकारलाई त्यस गीतका अरु भागहरु रचना गर्न र गाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । ‘हिजो फरक प्रसंगमा यो गीत गाउनु भएको थियो ’ प्रधानमन्त्री ओलीले भने, ‘आज देश निर्माण गर्ने सन्दर्भमा यो गीतको नयाँ भाग ल्याएर जनतालाई फेरी जगाउनुहोस् ।’


कार्यक्रममा प्रधानमन्त्री ओलीलगायत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र मन्त्रीहरुले गायक रामेशलाई गीत संगीतको क्षेत्रमा नेपाली समाजलाई अतुलनीय योगदान पुर्‍याएकोमा अभिनन्दन गरेका थिए ।

प्रकाशित : जेष्ठ १९, २०७५ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?