१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुन तस्करी : फरार आरोपी छिरिङ वाङ्गेलद्वारा अदालतसमक्ष आत्मसमर्पण

माधव घिमिरे

विराटनगर — सुन तस्करी मुद्दाका फरार आरोपी छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङसमक्ष आइतबार आत्मसमर्पण गरेका छन् । कार्यालय समयमा अदालतको सम्पर्कमा पुगेलगत्तै उनको बयान लिन सुरु गरिएको छ ।

सुन तस्करी : फरार आरोपी छिरिङ वाङ्गेलद्वारा अदालतसमक्ष आत्मसमर्पण

मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार करिब साढे १० बजे उनले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । प्रहरीले फरारको सूचीमा रहेका उनको खोजी गरिरहेको थियो ।


सुन तस्करीमा मुख्य भूमिका निर्वाह गर्नेमा घलेको नाम पनि अगाडि छ । सुन तस्करी र सनम शाक्य प्रकरणका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती गोरेले बयानमा आफू सघाउने मात्र भएको भन्दै वाङगेललगायतको समूहको संलग्नतामा तस्करी हुने गरेको बताएका थिए ।


घलेले सुन तस्करीको धन्धा चलाउने गरेको र आफू उनकै लाइनमा बसेर काम गर्ने गरेको गोरेले बयानमा बताएका थिए ।


यसअघि फरारमध्येका एसएसपी श्याम खत्रीले पनि अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् । गत बिहीबार आत्मसमर्पण गरेका उनको त्यसै दिन बयान सकेर न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले थुनामा राख्ने आदेश दिएको थियो ।


पूर्व डिआइजी गोविन्दप्रसाद निरौलासहित यो मुद्दाका २८ प्रतिवादीलाई यसअघि नै अदालतले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइसकेको छ । त्यसपछि एसएसपी खत्रीलाई थुनामा पठाइएको थियो ।


जिल्ला न्यायाधिवक्ताको कार्यालयले बैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै घलेसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।


*सच्याइएकाे : यसअघिको शीर्षकमा वाङ्गेल हुनुपर्नेमा अन्यथा हुन गएकाेमा सच्याइएको छ ।


प्रकाशित : जेष्ठ २०, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?