१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

स्थानीय तहका स्वास्थ्यकर्मीले तलब पाएनन्

फातिमा बानु

काठमाडौँ — स्थानीय तहका स्वास्थ्यकर्मीले पाँच महिनादेखि मासिक तलब नपाएको गुनासो गरेका छन् । संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरेको थियो ।

स्थानीय तहका स्वास्थ्यकर्मीले तलब पाएनन्

स्थानीय तह र प्रदेशका गाउँपालिका, नगरपालिका र उपनगरपालिकामा यस्ता कर्मचारी समायोजन भएका छन् । डाक्टर, नर्स, अहेब महिला स्वास्थ्य स्वयंसेविका लगायत प्रशासनिक कर्मचारीले तलब पाएका छैनन् ।


गत माघदेखि तलबभत्ता नदिएको भन्दै देशभरीबाट स्वास्थ्यकर्मीले विभाग मन्त्रालय र महानगरमा ज्ञानपनपत्र बुझाइरहेका छन् । सोमबार पनि ललितपुर महानगरपालिकामा स्वास्थ्यकर्मीले ज्ञानपनपत्र बुझाएका छन् ।


तलब बुझ्न नपाउँदा घरखर्च, बच्चाको शैक्षिक खर्च र घरभाडा समेत तिर्न नपाएको स्वास्थ्यकर्मीले सुनाए । यसबारे स्थानीय तहको सम्बन्धित निकायमा भन्दापनि सुनुवाई नभएपछि मन्त्रालयसम्म पुग्नु परेको उनीहरूले बताए । यसले उनीहरूको जीवनमा भौतिक अभाव त निम्त्याएको छ नै, मानसिक समस्या पनि थपिएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । मासिक तलब लगायत पोशाक भत्ता, फिल्ड भत्ता र खाजाखर्च र महिला स्वास्थ्य स्वयंसेविकाले भिटामित 'ए' खुवाउँदाको यातायात खर्च समेत पाएका छैनन् ।


देशभरीका स्थानीय तहमा करिब दश हजार स्वास्थ्यकर्मी कार्यरत छन् । काठमाडौं महानगरपालिका यस्ता मात्रै पाँच सय कर्मचारी छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका सूचना अधिकारी पुष्कर विजुक्षें भन्छन्,‘ कर्मचारीको तलब के कति भनेर हिसाब गरिएको छैन, धेरैजसो स्तानिय तहमा आफै स्रोतबाट कर्मचारीको तलब जुटिरहेको छ ।’ अपुग बजेटका कारण स्वास्थ्यकर्मीको तलबभत्ता व्यवस्थापन हुन नसकेको उनी बताउँछन् ।


आफूहरूको माग सम्बोधन नभएका आन्दोलनमा उत्रने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।


प्रकाशित : जेष्ठ २२, २०७५ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?