कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाका सांसदलाई ‘झापड’

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा सांसदलाई झापड प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

नेकपाका सांसदलाई ‘झापड’

मंगलबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन् । दलको कार्यालयमा सांसदहरुको योजना टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेको नेकपाका सांसदहरु बताउँछन् ।

पार्टीका सांसदहरुले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने व्यक्तिसित सांसद यादवको विवाद चुलिएको थियो । सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि उनीहरुबीच विवाद बढेको थियो । कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन भइरहँदा सांसद साह झोक्किँदै आएर ‘बकबक गर्छस्, बढी बोले २ झापड हान्छु’ भन्दै दुर्व्यवहार गरेका थिए । सांसद साहको अपशब्द सुनेपछि आक्रोसित भएकी सांसद यादवले झापड प्रहार गरेकी थिइन् ।

सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद नागेन्द्र साह त्यहीं थिए । सांसदको झापड प्रकरणले नेकपाभित्र विवाद चर्किएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७५ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?