२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

देउवाले बनाए पाण्डेलाई राष्ट्रियसभा संसदीय दलको नेता

रासस

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा सांसद सुरेन्द्र पाण्डेलाई मनोनयन गरेका छन् । दलको विधानको धारा १२ को उपधारा १ अनुसार देउवाले बुधबार पाण्डेलाई नेतामा मनोनयन गरेका हुन् ।

देउवाले बनाए पाण्डेलाई राष्ट्रियसभा संसदीय दलको नेता

पार्टीको केन्द्रीय सदस्य समेत रहेका पाण्डे पहिलोपटक राष्ट्रियसभा सदस्य भएका हुन् । राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन् । दलको नेतामा मनोनयन भएपछि उनले संसद्‍मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘प्रतिपक्षको हैसियतले सरकारको कमीकमजोरीलाई केलाएर प्रतिपक्षको आवाज मुखरित गर्ने दिशामा म क्रियाशील हुनेछु’ कान्तिपुरसँग पाण्डेले भने,‘पहिलाजस्तो प्रतिपक्षले विरोध नै गर्नुपर्ने र त्यो पनि संसद्‍मा अराजक गतिविधि गरेपछि मात्रै सरकारले सुन्छ भन्ने मान्यतालाई तोडेर जिम्मेवार प्रतिपक्षको आवाज सरकारले सुन्ने वातवरण बनाउने काममा म लाग्नेछु ।’


प्रकाशित : जेष्ठ २३, २०७५ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?